८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम ऐनमा समय सापेक्ष सुधार पनि गर्नुपर्ने हुन्छ – उपाध्यक्ष ढकाल



अ+ अ-


काठमाडौँ । नेपालमा हालै जारी भएका श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको बारेमा जानकारी दिने र ती ऐनको कार्यान्वयनका बारेमा आवश्यक छलफल गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज यहाँ एक कार्यशालाको आयोजना गरिएको छ । नेपालमा यी दुई श्रम ऐन र सामाजिक सुरक्षा ऐनको निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासंघले पनि लामो समयदेखि पहल गरेकोले तिनको कार्यान्वयनका सरोकारवाला एवम् नेपालका उद्योगी व्यवसायीहरुलाई जानकारी दिन सो कार्यशालाको आयोजना गरिएको हो ।


उक्त कार्यशालाको उद्घाटन गर्दै महासंघका अध्यक्ष भवानी राणाले ती कानूनहरुको कार्यान्वयनमा जोड दिनुभयो । उहाँले ती कानूनको महत्व र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषदका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा श्रम ऐन निर्माण गर्ने क्रममा महासंघ तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले गरेको पहलको स्मरण गर्नुभयो ।


उपाध्यक्ष ढकालले ती कानूनमा समय सापेक्ष सुधार गर्नुपर्ने आवश्यकता पनि महसुश भइसकेको कुरा सो अवसरमा जानकारी गराउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका पछिल्ला परिवर्तनहरुले पनि श्रम ऐन लागू हुने दायरा बढ्न गएको भन्दै उहाँले कुनै पनि कानूनहरु आफैमा पूर्ण नहुने भएकोले यी कानूनहरुमा पनि केही कमी कमजोरी भएमा सुधार गनुपर्ने धारणा राख्नुभयो ।


नेपालको श्रम क्षेत्रका लागि महत्वपूर्ण मानिएका यी कानूनहरु लागू भइसकेका र तिनको कार्यान्वयनका क्रममा देखिने समस्याहरुका बारेमा पनि पनि अध्ययन गरिरहेको र त्यस सम्बन्धमा महासंघलाई उद्योग प्रतिष्ठानहरुबाट पनि सुझावहरु प्राप्त भइरहेको उपाध्यक्ष ढकालले जानकारी दिनुभयो । त्यस कार्यशालामा श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ एवम् नियमावली तथा कार्यविधि पनि विमोचन गरिएको थियो ।
सो कार्यक्रममा आइएलओका नेपाल प्रतिनिधि रिचार्ड हाउवार्ड पनि सहभागी हुनुहुन्थ्यो ।