८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

‘पाँडेको शालिक इन्द्रदहको पहिचान’

‘पाँडेको शालिक इन्द्रदहको पहिचान’
अ+ अ-

–रामलाल श्रेष्ठ र अशोक घिमिरे 

इन्द्रदह काठमाडौँ- चन्द्रागिरि–१ दहचोकस्थित काजी कालु पाँडेको समाधीस्थलमा पुष्पगुच्छा अर्पण गर्दा निकै गम्भीर देखिनुभएका प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो इन्द्रदह पर्यटन उत्सवको उद्घाटनका क्रममा भने हर्षित हुनुहुन्थ्यो । 

उत्सवको उद्घाटनका लागि दहचोकको डाँडामा पुग्नुभएका प्रधानमन्त्री ओलीलाई आयोजकका तर्फबाट स्वयम्सेवकले ढाकाको टोपी उपहार दिए । लगत्तै उहाँले शिरमा रहेको भादगाउँले टोपी झिक्नुभयो र ढाकाको टोपी लगाउनुभयो । अनि मञ्चाशीन व्यक्तितर्फ फर्केर भन्नुभयो, “राम्रो देखिएको छ ?” त्यसपछि प्रधानमन्त्रीले पनि कार्यक्रमका अध्यक्ष हरिशरण थापालाई खादा लगाइदिनुभयो । 

प्रधानमन्त्री ओली २०७३ फागुन ९ गते निजी भ्रमणका क्रममा चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा पुग्नुभएको थियो । सोही समयमै उहाँले प्रत्येक फागुन ९ गते त्यस स्थानमा जाने उद्घोष गर्नुभएको थियो । त्यसैअनुसार गतवर्ष प्रधानमन्त्रीमा निर्वाचित भएको केही समयपछि आजकै दिन अर्थात् फागुन ९ गते त्यहाँ पुगेर कालु पाण्डेप्रति श्रद्धान्जलि व्यक्त गर्दै दोस्रो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्नुभएको थियो । 

तेस्रो इन्द्रदह पर्यटन उत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कालु पाँडेको शालिकले इन्द्रदहको पहिचान नै छर्लङ्ग पारेको उल्लेख गर्दै दहचोकलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताउनुभयो । उहाँले कालु पाँडेको समाधीस्थल नेपालीका लागि तीर्थस्थल जस्तै पवित्र भएको उल्लेख गर्दै नेपाल एकीकरणका एक जना सारथी पाण्डेले ४४ वर्षको उमेरमा जीवन आहुती दिएर असाधरण योगदान गरेको बताउनुभयो । “हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए, हामीले ज्यान दिनु पर्दैन, अडानमा बसे मात्र पुग्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राष्ट्रको पहिचानको निम्ति, राष्ट्रको रक्षाका निम्ति त्यो एकीकरण भएको थियो । यसलाई जोगाउन हामीमा एकता चाहिन्छ ।” 

आफू समय कटाउन मात्रै कही नजाने स्पष्ट पार्दै उहाँले आफू जहाँ गए पनि विकासका निम्ति मात्र जाने र हरेक पाइला विकासका लागि अघि बढाउने बताउनुभयो । आफू दुई वर्ष अघि यहाँ आउँदा कालु पाँडेको समाधिस्थल निकै जीर्ण अवस्थामा देखेको स्मरण गर्दै उहाँले अहिले ती जीर्ण सम्पदाको संरक्षण, संवद्र्धन र पुनः निर्माण सम्पन्न भएको पाउँदा खुसी व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले इन्द्रदहको विकासका लागि सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

काठमाडाँै क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले कालु पाँडे ‘पाँडेको मात्र पाँडे’ नभएर राष्ट्रिय गौरवको व्यक्तित्व भएको बताउनुभयो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगर क्षेत्रभित्र पर्यटकीय पूर्वाधार निर्माण गर्न नगरपालिका क्रियाशील रहने बताउनुभएको थियो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले कालु पाँडेको समाधिस्थल नजिकै निर्माण गरिएको पूर्ण कदको शालिकको अनावरण गर्नुभएको थियो भने समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । कालु पाँडेको समाधिस्थलबाटै प्रधानमन्त्रीले ‘गोरखा’ कता पर्छ भनेर हेर्नुभएको थियो । तत्कालीन पृथ्वी नारायण शाहको सेनापति काजी कालु पाँडेको कीर्तिपुर युद्धका क्रममा ज्यान गएको थियो । उनै कालु पाँडेको इच्छा बमोजिम उनको शीरलाई गोरखाको मनकामना देखिने स्थान दहचोकको डाँडामा ल्याएर समाधिस्थ गरिएको इतिहासकारको भनाइ छ । 

उक्त पूर्णकदको शालिक ५५ वर्षीय विष्णु बरालले निर्माण गर्नुभएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यभित्र इन्द्रदह पनि समावेश गरिएको छ । कार्यक्रममा इन्द्रदह पर्यटन उत्सव तथा कालु पाँडेको समाधिस्थल पुनः निर्माण एवं पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउनुहुने विभिन्न व्यक्तित्वलाई प्रधामन्त्रीले सम्मान गर्नुभएको थियो । उत्सवमा स्थानीय कलाकारले विभिन्न गीत सङ्गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 

कालु पाँडेको समाधिस्थल नजिकै पाँचतल्ले ‘भ्यू टावर’ निर्माण भइरहेको छ । प्रधानमन्त्री ओलीले गतवर्ष उक्त भ्यू टावरको शिलान्यास गर्नुभएको थियो । टावरको दुई तला निर्माण भइसकेको छ । आगामी फागुन ९ गते सो भ्यू टावरको समुद्घाटन गर्ने लक्ष्य राखिएको छ । भ्यू टावरबाट काठमााडौँ, धादिङ, नुवाकोट र गोरखालगायत विभिन्न जिल्ला हेर्न सकिने इन्द्रदह एकीकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले जानकारी दिनुभयो । 

उक्त भ्यू टावर निर्माण गर्न सोही क्षेत्रका सांसद श्रेष्ठले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रु ५० लाख आर्थिक सहयोग गर्नुभएको समितिले जनाएको छ । प्रधानमन्त्री ओलीले गतवर्ष नै कङ्लकी–दहचोक सडकको स्तरोन्नति हुने घोषणा गर्नु भएकामा यस वर्ष धमाधम काम भइरहेको छ । यसैगरी यहाँस्थित मनकामना मन्दिरको पुनःनिमार्ण भइसकेको छ भने इन्द्र दहको पुनःर्निमार्णको काम भइरहेको छ । 
(रासस)