३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा जिल्ला हत्याकाण्ड : चालकको श्रीमतीका नाममा करोडौँ जग्गा



अ+ अ-

बारा । प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको सवारीसाधन दुर्घटना गराएको भनी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रशासन कार्यालय बाराका चालक जगतनाराणय राउत कुर्मीकी श्रीमती प्रेमशीलादेवी कुर्मीको नाममा करोडौँ मूल्यको जग्गाबाट ५ कठ्ठा हिस्सा पाएका कुर्मीले आफन्त र श्रीमतीको नाममा यसको २० गुणाभन्दा बढी जग्गा जोडिसकेका छन् ।

साविक ब्रह्मपुरी १ हाल कलैया उपमहानगरपालिका १७ निवासी कुर्मीले प्रमुख जिल्ला अधिकारीको गाडी चालक हुनुभन्दा पहिले परिवार पाल्न अरुको घरमा चालकको काम गर्ने गरेका ब्रह्मपुरीका स्थानीयले बताएका छन् ।

उनकी श्रीमतीको नाममा कलैया उत्तरझिटकैया र ब्रह्मपुरीमा गरी करोडौँ मूल्य पर्ने घडेरी र खेती गर्ने जग्गा फेला परेको छ । साविक कलैया ६ हाल कलैया उपमहानगरपालिका १ मोतीबाघमा कित्ता नं। १२७८ को ४ धुर, कित्ता नं। १२८२ को १ धुर घडेरी फेला परेको छ । यो समाचार नागरिक दैनिकमा छ ।




भर्खरै