२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको बैठक बस्दै, पार्टी कार्यालयमा प्रदर्शन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै गर्दा सानेपामा विरोध प्रदर्शन हुने भएको छ । नेपाल बिद्यार्थि संघले प्रदर्शन गर्न लागेको हो ।

पछिल्लो समय कांग्रेसका नेताहरूमा अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै भन्दै नेविसंघले प्रदशन गर्ने भएको हो ।

११ औं महाधिवेशनबाट चुनिएको नैनसिंह महरले राजीनामापछि नयाँ अध्यक्ष बन्न विद्यार्थी नेताहरूले विभिन्न खालका दवाव र प्रदर्शन गर्दै आएका छन् । केही दिन अगाडि कांग्रेसका नेताहरूलाई हातपातको प्रयास गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकटका विद्यार्थी नेता ऋषिकेशजंग शाहको समूहले सानेपामा प्रदर्शनको तयारी गरेको हो ।