१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

काग्रेसका जिल्ला सभापतिका कारण केन्द्रीय सभापति अन्यौलमा

काग्रेसका जिल्ला सभापतिका कारण केन्द्रीय सभापति अन्यौलमा
अ अ+ अ-

काठमाडौं । नेपाली काग्रेसका जिल्ला सभापतिहरुले केन्द्रिय नेतृत्वले विधान संशोधन नसच्चाए विशेष महाधिवेशनमा जाने तयारी गरेका छन् ।

केन्द्रिय समितिले महासमितिको निर्देशन विपरित संशोधित विधान पारित गरेपछि उनीहरुले दबाब दिने उद्देश्यले विशेष महाधिवेशनमा जाने चेतावनी दिएका हुन् ।

आफूहरूको सुझाव र महासमितिको भावनाविपरीत केन्द्रिय समितिले बहुमतले संशोधित विधान पारित गरेपछि के गर्ने भन्नेबारे जिल्ला सभापतिहरुले पटक–पटक छलफल गरेका थिए । पछिल्लोपटक शनिवार जिल्ला सभापतिहरुले छलफल गरि केन्द्रिय समितिले निर्णय नसच्चाए विशेष महाधिवेशनमा जाने निर्णय गरेका हुन् ।

यसको नेतृत्व गरिरहनुभएका काभ्रे जिल्ला सभापति मधु आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार केन्द्रिय समितिले तत्काल निर्णय नसच्चाए महाधिवेशनमा जाने तयारी भैरहेको छ ।

महाधिवेशन प्रतिनिधिमध्ये २५ प्रतिशतले माग गरेमा विशेष महाधिवेशन गर्नुपर्नेहुन्छ । ‘संशोधित विधानमा स्वतः महाधिवेशन प्रतिनिधि हुने र आरक्षण र समानुपातिकमा एक व्यक्तिले पटक–पटक अवसर पाउने व्यवस्था पुनर्विचार गर्न केही समय कुर्छौ’ जिल्ला सभापति आचार्यले भन्नुभयो– जे निर्णय भयो भयो, बहुमतले पेलेर जाने हो भनेर केन्द्रिय नेतृत्व अघि बढे विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलनमा जुट्छौं । केन्द्रिय समितिले बहुमतले पारित गरेको संशोधित विधान प्रति ५६ जिल्ला सभापतिको असहमति छ ।

केन्द्रिय समितिमा सभापति शेरवहादुर देउवा पक्षमात्र विधानमा ‘संशोधित विधानमा स्वत महाधिवेशन प्रतिनिधि हुने र आरक्षण र समानुपातिकमा एक व्यक्तिले पटक पटक अवसर पाउने व्यवस्था हुनुपर्ने पक्षमा छन् । विधान पारित गर्ने बेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षले विरोध गरेका थिए ।

विधान संशोधनको लागि बसेको महासमिति बैठकले महाधिवेशन प्रतिनिधि तलैबाट निर्वाचित भएर आउनुपर्ने भन्दै केन्द्रिय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाएको थियो ।

साथै आरक्षण र समानुपातिक कोटामा एक व्यक्तिले एकपटक मात्र अवसर पाउने व्यवस्था गरेको थियो । मुख्यरूपमा यी दुई विषयलाई केन्द्रिय नेतृत्वले पनि स्वीकार गरेको थियो । संशोधित विधानमा यही व्यवस्था कायम गर्न निर्देशन दिदै महासमितिले संशोधित विधान पारित गर्न केन्द्रिय समितिमा पठाएको थियो । केन्द्रिय समितिले यी दुवै विषयलाई हटाएर बहुमतले संशोधित विधान पारित गरेपछि काग्रेसभित्र आन्तरीक विवाद बढ्दै गएको छ ।

संशोधित विधानमा महाधिवेशन प्रतिनिधि तलै बाट निर्वाचित भएर आउनुपर्ने र आरक्षण र समानुपातिक कोटामा एक व्यक्तिले एकपटक मात्र अवसर पाउने व्यवस्था कायम राख्ने विवादले काग्रेस भित्र व्यक्तिमा आधारित गुट भन्दा एजेण्डामा आधारित गुट बनेको देखिएको छ । यो व्यवस्था कायम भएमा नेताको फेर समातेर माथि उक्लने नेताहरुलाई गाह्रो पर्ने देखिन्छ । नेपाल समाचार पत्रबाट ।