१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएको भन्दै विप्लब विरुद्ध मुद्दा

सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएको भन्दै विप्लब विरुद्ध मुद्दा
अ अ+ अ-

रोल्पा । सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रम चन्दविरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । तीन वर्षअघि नयाँ पार्टी गठन गरी नेतृत्व गर्दै आएका चन्दलाई राज्यका तर्फबाट पहिलोपटक मुद्दा दर्ता भएको हो ।

यस्तै प्रहरीले रोल्पामा ३ र दाङमा ३ जना जिल्ला नेतालाई पक्राउ गरेको छ ।

चन्दसहित दर्जन नेताविरुद्ध प्रहरीले मंगलबार मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार सरकारवादी फौजदारी मुद्दा दर्ता गरेको हो । रोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काका अनुसार चन्द नेकपाका नेता कार्यकर्ताविरुद्ध राष्ट्र, राष्ट्रियता र सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।

पूर्वी रोल्पाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलस्थित एनसेलको टेलिफोन टावरमा क्षति पुर्‍याएको अभियोग उनीहरूमाथि लगाइएको छ । सोही अभियोगमा रोल्पाका ३ जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकाराम नेपाली, लालबहादुर सुनार र दीपेन्द्र सिंह छन् । नेपाली गंगादेव गाउँपालिकास्थित जिनाबाङका, सुनार सुनीलस्मृति गाउँपालिकास्थित गजुलका र सिंह घोडागाउँका हुन् । सोमबार पक्राउ परेका उनीहरूविरुद्ध प्रहरीले मंगलबार रोल्पा जिल्ला अदालतमार्फत एक साताका लागि म्याद थपी अनुसन्धान थालेको छ ।

चन्दमाथि टावरमा क्षति पुर्‍याउन निर्देशन दिएको अभियोग छ । नयाँ पार्टी गठनपछि चन्दले तीन वर्षअघि रोल्पाको थबाङमा पहिलो महाधिवेशन गरेका थिए । त्यसयता उनी बेलाबेलामा रोल्पा आउने गरेका छन् । चन्द नेतृत्वले ‘एकीकृत जनक्रान्ति’ गतिविधिको मुख्य आधार रोल्पालाई ठान्दै आएको छ । मुद्दा दर्ता गर्नुअघिदेखि नै प्रहरीले उनको खोजी थालेको छ ।

चन्द जन्मेको परिवर्तन गाउँपालिकास्थित इरिबाङको केवरी गाउँमा समेत प्रहरी परिचालित छ । नेकपा नेता कार्यकर्ता खोजी गर्न जिल्लाभर प्रहरी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने अधिकार कसैमाथि नभएको बताए । ‘कानुन मिच्ने कसैलाई छुट दिइने छैन,’ उनले भने ।

कार्यकर्ता पक्राउपछि नेकपा रोल्पाका सचिव सन्तोष सुवेदीले विज्ञप्तिमार्फत विरोध जनाएका छन् । अन्य नेता कार्यकर्ताका घरमा प्रहरीले छापा मारेको उल्लेख गर्दै राज्यबाट दमन भएको आरोप उनले लगाएका छन् ।

उनले पार्टीका राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा ‘सुवास’, विशेष जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’, जिल्ला नेता कमल थापा ‘बिजुली’, विद्यार्थी नेता दिनेश चन्दलगायतको घरमा प्रहरीले खानतलासी गरेको जनाएका छन् । होलेरीमा आयोजित विद्यार्थीको शान्तिपूर्ण कार्यक्रममाथि दमन गरी रोक लगाइएको दाबी पनि उनको छ । चन्द नेतृत्वको नेकपाका नेताले सत्तापक्षीय नेकपाका नेता तथा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनमा आफूहरूविरुद्ध प्रहरी परिचालित भएको आरोप लगाएका छन् । कान्तिपुर दैीनकमा खबर छ ।