१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

‘लुट्न सके लुट कान्छा…!’, राजधानीकै अधिकांश सडक क्षतिग्रस्त

‘लुट्न सके लुट कान्छा…!’, राजधानीकै अधिकांश सडक क्षतिग्रस्त
अ अ+ अ-

काठमाडौं । ‘लुट्न सके लुट कान्छा ‘। !’ हामीले आफ्नो परिचय दिने बित्तिकै किराना पसलका साहुजी बद्री अधिकारीले यो गीतबाट कुराकानी सुरु गरे । ग्रान्डी हुँदै टोखा रोड जाने उनको पसलअगाडिको बाटोमा खानेपानी र ढलको पाइप फुटी लगभग ७ देखि १० मिटर पानी जमेर तलाउ बनेको महिनौं बितिसक्यो ।

बाटो हुँदै गुड्ने गाडीले उनको पसलभित्र पुग्ने गरी हिलो छ्याप्छन् । ढल मिसिएको पानीका कारण दुर्गन्ध पनि त्यत्तिकै फैलिएको छ । तर, यसबारे सम्बन्धित निकाय मौन छ । ‘हामी ५० हजारका पसल थाप्नेका कुरा कसले सुन्ने रु’ आक्रोस व्यक्त गर्दै उनले प्रश्न गरे, ‘हिलो र दुर्गन्धका कारण व्यापार नै बन्द हुने अवस्थामा पुगेको छ । यसबारे सम्बन्धित सबै निकायमा ध्यानाकर्षण गराएको पनि धेरै समय भयो तर कसैले कहीँबाट पनि यसमा ध्यान दिएनन् । अब त आस गर्न छाडिसक्यौं ।’

यो क्षेत्र टोखा नगरपालिकाअन्र्तगत पर्दछ । नगरपालिका यो सडकखण्ड सडक विभाग मातहतमा पर्छ भन्दै पन्छिन खोज्छ । यो सडकखण्डमा धेरैपटक समस्या आइसकेको छ । नगरपालिकाले पटक पटक मर्मतसम्भार पनि गर्दै आएको छ । तर, समस्या जस्ताको त्यस्तै छ । यो सडक भएर अहिले पनि हिँडडुल गर्न समस्या छ । यो सडकलाई पक्की बनाउन तथा सडक निर्माण गरी ढल मर्मतका लागि काठमाडौं महानगरपालिकाले १ करोडमाथिको बजेट व्यवस्था गरेर आवश्यक प्रक्रिया अगाडि बढाइसकेको महानगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् । उनका अनुसार नगरपालिकासँग तत्काल धुलोधुवाँ नियन्त्रण गर्न त्यस्ता योजना छैन । बाटो मर्मत, निर्माण र विस्तारका काम भने भइरहेको उनले बताइन् । तर पनि कतिपय स्थानमा वर्षौंदेखि सडक निर्माण कार्य अलपत्र अवस्थामा छाडिएका छन् । टोखा नगरपालिकाले सडक निर्माण कार्यलाई विभिन्न भागमा विभाजन गरी ४ देखि १० मिटरसम्मका सडकको मापदण्ड बनाएर काम गरिरहेको छ । यस नगरपालिकाअन्तर्गत वडा नम्बर २, ३, ६, ९, ४ लगायतमा सडकको समस्या छ ।

– छैनन् धुलोधुवाँ नियन्त्रणका योजना
– विस्तार, मर्मत र निर्माण नै अलपत्र
– सडकमा छैनन् फुटपाथ र सडकबत्ती
– असरल्ल फोहोर र ढल खोलामा मिसाइन्छ

‘दुई वर्षभन्दा बढी बितिसक्यो, यो सडकको अवस्था दुरुह छ, हिलो र धुलोको सास्तीको कुरा नगरौं १’ नेपालटारमा टेलर पसल सञ्चालन गरेका ओसी अत्तरको गुनासो छ । मुख्य सडक छाड्नेबित्तिकै सुरु हुने यस क्षेत्रका अधिकांश सडकको हालत लगभग उस्तै छ । तारकेश्वर नगरपालिकाअन्तर्गत पर्ने यस क्षेत्रमा वर्षौंदेखि उप्किएका र उप्काइएका कालोपत्रे सडकको अवस्था पनि लगभग उस्तै छ । नगरपालिकाका अनुसार यो सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । रिङरोडबाहिरका नगरपालिकामा अझै पक्की सडक पुगेका छैनन् । भएका समेत विस्तारका नाममा भत्काइएका छन् र वर्षौंदेखि अलपत्र छन् । यसबाट स्थानीयवासी, यात्रु र सवारी चालकसमेत मर्कामा पर्ने गरेका छन् । तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहराका अनुसार नगरपालिकाले बाटो विस्तार गर्ने योजना अगाडि सारेको छ र सोही अनुरूप काम पनि भइरहेको छ । धुलो धुवाँ नियन्त्रणका लागि तत्काल केही गर्न सक्ने अवस्था छैन । नगरपालिकाले प्रदेश सरकारको सहकार्यकमा धुलो हटाउने ब्रुमर ल्याउन प्रयास गरिरहेको उनले बताए । तर, यसका लागि सडकको अवस्था ब्रुमर लगाइहाल्न मिल्ने बनिसकेको छैन । वडा नम्बर १, २, ३, ८, ९, ११, १६ र १७ मा अधिकांश सडक कच्ची रहेका छन् ।

लोलाङ, फुटुङ, काभ्रेस्थली, गोलढुंगा, टोखा, सितापाइला, रामकोट, शेषमती, पैंयाटारको दूरवस्था
विभिन्न समस्याबाट जेलिएका राजधानीवासीलाई त्यसबाट मुक्ति दिलाउनका लागि सम्बन्धित निकायलाई जवाफदेही बनाउने उद्देश्यले राजधानीले सुरु गरेको ‘निगरानी’ प्रभावकारी बन्दै गएको छ । चक्रपथ क्षेत्रभन्दा बाहिरका समस्यालाई समेत उजागर गरिदिन स्थानीयवासीले गरेको आग्रहलाई स्वीकार गर्दै हामीले रिङरोड बाहिरको जनकेन्द्रित समस्यालाई यस शृंखलामा उजागर गरेका छौं । यसै विषयलाई लिएर हामीले लोलाङ, फुटुङ, काभ्रेस्थली, गोलढुंगा, टोखा सितापाइला, रामकोट, शेषमती, पैंयाटारलगायत पछिल्लो समय सहरीकरणका कारण तीव्र बस्ती विस्तार भइरहेका विभिन्न स्थानको स्थलगत निगरानी गरेका थियौं । ती सबै स्थानको अवस्था भद्रगोल रहँदा पनि सम्बन्धित निकाय भने मौन भएको पाइयो ।,

विभिन्न सेवा सुविधाका कारण सम्पन्न मानिने काठमाडौंको चक्रपथभित्रलाई मात्र राजधानी मान्ने मनोविज्ञान धेरैमा छ । पछिल्लो समय यस क्षेत्रमा बढ्दै गएको घना बस्तीका कारण यी क्षेत्रमा बस्ती विस्तारको क्रम तीव्र बन्दै गएको छ । रिङरोडपारिका नगरपालिकाको अवस्था कुनै दुर्गम भेगको भन्दा कम छैन । निर्माण र मर्मतकै चरणमा रहेका यस सडकमा थुपारिएका निर्माण सामग्री पनि ठूलो समस्याका रूपमा देखिएको छ । काला र धमिला भएर ढल मिसिएका खोला बगिरहेका हुन्छन् । सडकमा खाल्डाखुल्डी अनगिन्ती छन् । सामान्य घामपानीसमेतले जनजीवनमा व्यापक असर पार्दछ । खोलाका छेउमा फोहोर फालिएका छन् भने बिजुलीका पोलछेउमा पनि फोहोर थुपारिएका भेटिन्छन् । मानौं त्यहाँ फोहोर व्यवस्थापन गर्ने कुनै निकाय नै छैनन् ।

सामान्य पूर्वाधार अभाव

चक्रपथबाहिरका सडकको अवस्था अत्यन्तै नाजुक छ । हामीले अनुगमन क्रममा अधिकांश सडक साँघुरा र जीर्ण अवस्थामा पायौं । निर्माणकै चरणमा रहेका सडकमा बुङबुङ्ती धुलो उडिरहेका हुन्छन् । यी क्षेत्रमा पानी पर्ने बेलाको हालत अझ दुरुह छ । चक्रपथबाहिर आक्रामक रूपमा विस्तार भइरहेको बस्ती विस्तारका कारण घर निर्माण, प्लटिङ र नदी नियन्त्रण तथा ढल निकासका काम भइरहेका छन् । यी क्षेत्रका खोलानालाका बालुवा अवैध रूपमा निकालिएको स्थानीयवासीको आरोप छ । जति बनेका छन्, त्यसमा पनि न्यूनतम पूर्वाधारको अभाव देखिन्छ । सडक बत्ती, फुटपाथ, व्यवस्थित ढललगाायतका समस्या टड्कारो देखिन्छ ।

खोलामै ढल र असरल्ल फोहोर

नयाँ बस्ती विस्तारका क्रममा समेत यस क्षेत्रमा सुधार गर्न सकिने तथा वातावरणीय पक्षलाई ध्यान नदिएको देखिन्छ । यही क्षेत्र भएर बग्ने विष्णुमती, साङलाखोला, महादेवखोलालगाायतका खोलामा छेउछाउ फोहोर फालिएका छन् । ढल व्यवस्थापनका क्रममा ढल खोलामा नै मिसाइएको छ । जसका कारण दुर्गन्ध फैलिएको छ । बस्ती बढ्दै जाँदा थपिने चुनौतीका कारण समेत समस्या पर्ने देखिन्छ । राजधानी दैनिकमा खबर छ ।