३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

महिलाहरुको श्रम ज्यादा, ज्याला कम

महिलाहरुको श्रम ज्यादा, ज्याला कम
अ+ अ-

फाईल फोटो

गलेश्वर । आज एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । शहरबजारमा विभिन्न नाराका प्लेकार्ड बोकेका महिला अधिकारकर्मीको र्यालीले बजार परिक्रमाका साथै आमसभा गरिहेका छन् ।

र्याली पछि आयोजित आमसभामा सहभागी वक्ताले श्रमिक महिलाको हक र अधिकारका विषयमा भाषण गर्ने र अरुले सुनेर दिन बिताउने गरेपनि म्याग्दीको ग्रामीण भेगका महिलामा दशकौँ अघिदेखिको असमानता अहिले पनि यथावत् छ ।

दिनभरि खेतबारी, नदी खोला, भवन वा भौतिक निर्माण भइरहेका ठाउँमा ज्याला मजदुरी गरेर गुजारा गर्ने महिलाले पुरुषले भन्दाबढी श्रम गरे पनि ज्यालामा भने ठगिने गरेका छन् ।

पुरुषसँगै दिनभर काममा घोटिने श्रमिक महिला ज्याला बुझ्दा भने पुरुषको तुलनामा आधा कम बुझ्न बाध्य छन् । कृषि क्षेत्रमा काम गर्ने मात्र होइन औधोगिक क्षेत्रमा काम गर्ने महिला मजदुरको अवस्था पनि उस्तै छ । सदरमुकाम बेनीस्थित एक सरकारी भवन निर्माणस्थलमा मजदुरी गर्दै आउनुभएकी ३२ वर्षीया शोभा विक पुरुषको तुलनामा आफूहरूले आधा ज्याला पाउने गरेको बताए ।

“मैले मसला बनाउने, ढुङ्गा र इँटा बोक्ने, बालुवा ल्याउने सबै काम गर्छु”, उनि भन्छन्, “पुरुष कामदारसँगै काम गर्नुपर्छ, उनले गर्ने सबै काम मैले पनि गर्छु तर ज्याला पाउँदा पुरुष कामदारले दैनिक रु एक हजार पाउँछन् भने मैले ५०० मा चित्त बुझाउनुपर्छ ।”

विकको जस्तै अवस्था जिल्लाका धेरै महिला श्रमिकको छ। उनीहरु पुरुषको तुलनामा बढी काम गर्नुपरेको जिकिर गर्छन् । “सँगै काम गर्ने पुरुष कामदारले चुरोट खाने, मोबाइलमा लामो समयसम्म कुरा गरेर समय कटाउने र कोही मान्छे देखे कुराकानीसमेत गर्ने गर्छन्” विकसँगै काम गर्ने जयन्ती मिजारले भन्नुभयो, “हामीले खुरुखुरु काम गछौँ र लगाएको काममा पुरै ध्यान दिन्छौँ तर ज्यालामा भने ठगिन्छौँ ।”

कृषि क्षेत्रमा काम गर्ने महिलाको अवस्था पनि त्यस्तै छ । लाहुरेको जिल्ला भनेर चिनिने यहाँको कृषि महिला श्रमिकले नै धान्दै आएका छन् । कृषिको ७५ प्रतिशत काम महिलाले नै गर्दै आएका तर ती महिलाले पुरुषको तुलनामा आधा कम ज्याला लिएर काम गरिरहेका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

शुक्रबार (आज) बिहान बेनी नगरपालिका–२ बगरफाँटमा खेत खनिरहेकी मिठु परियारले दिनभरि खेत खनेको जम्मा रु ४०० पाउने बताए । पुरुषले सोही काम गरेको रु ८०० ज्याला बुझ्दा महिला कामदारले भने त्यसको ठीक आधा मात्र ज्याला पाउने उनको गुनासो छ ।

कृषि र औधोगिक क्षेत्रमा काम गर्ने महिलामात्रै होइन, शिक्षण संस्थामा काम गर्ने चेननशील महिलासमेत आफूले प्राप्त गर्ने पारिश्रमिकमा ठगिने गरेको गुनासो गरेका छन् । जिल्लाका निजी तथा संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षिका र कर्मचारीमात्रै होइन सरकारी तथा सामुदायिक विद्यालयको बालकक्षामा पढाउने शिक्षिका र कर्मचारी पनि पुरुष शिक्षक वा कर्मचारीको तुलनामा आधा कम पारिश्रमिक लिएर काम गर्न बाध्य भएको चर्चा छ ।

पुरुष कामदारले भन्दा बढी श्रम गरे पनि ज्यालामा भने ठगिनु परेको महिला श्रमिकको भनाइसँग जिल्लाका महिला अधिकारकर्मी पनि सहमत छन् । बेलाबेलामा हुने महिला अधिकार र श्रमबारे भाषण गरेपनि श्रमिक महिलाको अधिकारका बारेमा महिला अधिकारकर्मीले खासै केही गर्न नसकेको जिल्लाका श्रमिक महिलाले बताएका छन् ।

महिला अधिकारकर्मी, मानवअधिकारकर्मीलगायतको संयुक्त पहलमा समान कामको समान ज्याला दिनुपर्ने भनी विभिन्न राजनीतिक दलका भातृसङ्गठन, उद्योगी, व्यवसायीलगायत कृषि ज्ञान केन्द्रमा जानकारी गराइए पनि श्रमिक महिलाको ज्याला वृद्धि हुन नसक्नु दुखद पक्ष रहेको महिला अधिकारकर्मीको भनाइ छ ।

महिला अधिकारकर्मी हिरा पौडेलका अनुसार कानूनमा नै ‘समान कामका लागि समान ज्यालाको व्यवस्था गरिएकाले त्यसविरुद्ध लैङ्गिकरुपमा ज्यालामा तलमाथि गर्नेलाई कडा कारवाही गरिनुपर्ने बताए ।

कानूनको कार्यान्वयन गराउने निकाय नै श्रमिक महिलाको श्रमप्रति उदासिन रहेकाले यो अवस्था आएको उहाँको भनाइ छ । महिलामा पनि हामी पुरुषको तुलनामा कमजोर छौँ भन्ने परम्परागत सोचाइ र पुरुषमा महिलाभन्दा धेरै काम हामी गर्छौँ भन्ने अहमका कारण पारिश्रमिक ९ज्याला० मा एकरुपता हुननसकेको अधिकारकर्मी पौडेलको भनाइ छ ।

कृषि र औधोगिक क्षेत्रमा मात्रै होइन, जलविद्युत् र सडक निर्माणजस्ता जोखिमपूर्ण काममासमेत महिला श्रमिकले काम गर्दै आएका छन् । यस्ता जोखिमयुक्त क्षेत्रमा काम गर्ने मजदुरको सुरक्षा र हितका लागि रोजगारदाता कम्पनी, ठेकेदार वा मालिकले कुनै पनि सहुलियत नदिएको सम्बन्धित क्षेत्रमा काम गर्ने महिला श्रमिकले बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले महिला र पुरुष दुवैको सोचमा परिवर्तन आउन नसकेको र शारीरिक तथा प्राकृतिकरुपमा पुरुषभन्दा महिला कमजोर हुन्छन् र उनीहरुले पुरुष बराबर काम गर्न सक्दैनन् भन्ने मानिसकता नहटेकाले ज्यालामा एकरुपता हुन नसकेको हो भने ।मरीमरी काम गर्दा पनि महिला श्रमिकको श्रमशोषण हुनाका साथै महिला हिंसा पनि बढिरहेको जिल्लाका बुद्धिजीवीको भनाइ छ ।