३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

सौरगङ्गाको ‘आमाकको थैली’

सौरगङ्गाको ‘आमाकको थैली’
अ+ अ-




काठमाडौँः चित्रकार सौरगङ्गा दर्शनधारीलाई सानै छँदा आमाको थैलीमा भरोसा थियो । जब अमाले थैली खोल्नुहुन्थ्यो, छन्द्रङ–छन्द्रङ डबल बज्थ्यो । त्यसले उहाँलाई ‘हिङ नभए पनि हिङ बाँधेको टालो छ’ भनेझैँ सधैँ भरोसा जगाइदिन्थ्यो । 

“थैली देख्दा मेरो मन पनि ढुक्कै हुन्थ्यो, थैली रित्तै भए पनि बलियो विश्वास लाग्ने गरेको स्मरण सुनाउँदै उहाँले भन्नुभयो, “त्यो बालापनको संझनालाई चित्रमा उतारेको हूँ ।” 

सिद्धार्थ आर्ट ग्यालरी काठमाडौँमा प्रदर्शनमा राखिएको रङ्गीचङ्गी र आमाको थैलीमा उहाँकी आमा मनरमाले समेत अवलोकन गर्नुभयो । “धेरै चित्रमध्ये थैलीमा आमाको मन टक्क अडियो, लाग्छ उहाँले त्यही थैलीको सहारामा आफ्नो जीवन धानिएकोे सम्झनुभएको होला,” चित्रकार दर्शनधारीले भन्नुभयो, “कल्पनामा डुब्दैगर्दा आमालाई विगतको घटानाले सम्झाएको होला । ” 

अलिकठिन र महङ्गो पर्ने इचिङ विधिबाट उहाँले १२ वटा थैली चित्रमा उतार्नाका साथै काठ कँुदेरसमेत थैलीलाई दुरुस्त पार्नुभएको छ । अरु चित्रहरु कुची र रङ्ग लिएर बसेपछि तयार हुन्छ तर यसमा भने प्लेटमा कोरेर रसायनको साथमा रङ्ग भर्नुपर्छ । 

नेपालका पहाडी क्षेत्रमा सीमित व्यक्तिसँग बाहेक प्रायः थैली लोप भइसकेको छ । कार्ड घुसारेर एटीएमबाट खनखन्ती पैसा गन्न सकिने समयमा अहिलेका बालबालिकालाई थैली भनेको थाहा नहुन सक्छ । हाम्रा पुर्खाको आधार नै बनेको थैलीको अस्तित्व जोगाउनका लागि पनि चित्रकलामा यसलाई समेटिएको जानकारी दिँदै उहाँ भन्नुहुन्छ, “पैसा पाउनका लागि पटकपटक आमाको पछिपछि लागेको र त्यो बालापनमा पनि थैलीसँग जोडिएको सम्बन्ध नटुटोस् भन्ने उद्देश्य चित्रकलाले समेटेको छ ।” 

‘कथाहरु’ शीर्षक दिएर आयोजना गरिएको प्रदर्शनीमा थैली र काष्ठकलाबाहेक दैनिक जीवनका अन्य चित्र पनि समावेश छ । ती चित्रमा जीवनका आरोहअवरोह र उकालीओराली समेटिएका छन् । मानिसले दैनिक भोग्दै आएको विषयलाई चित्रमा उतारेकोे जानकारी दिँदै चित्रकार दर्शनधारी भन्नुहुन्छ, “आज मेरो जीवनमा आइपरेको छ भने भने भोलि अरुको जीवमा पनि आइपर्न सक्छ तर हरेक मानिसको जीवनमा आउने मोडलाई चित्रमा समेट्न खोजेको छु ।” 

प्रकृति, वनजङ्ल र पशुपक्षी यी मानिसका लागि नभई नहुने हुन् । यिनको अत्तित्व फरकफरक होला तर सबै एकअर्कामा जेलिएका हुन्छन् । एउटा समाजमा मानिस, वन्यजन्तु, चराचुरुङ्गीलगायत सबै रहन्छन् । 

संयुक्त स्वरुप भएन भने त्यो समाज बन्न सक्तैन भन्ने भाव जगाएर उहाँले सामाजिक कथालाई चित्रमा उतार्नुुभएको हो । संस्कृति, सुन्दरता र खाद्यान्नलाई पनि एकअर्कासँग जोडेर पनि सामाजिक विषयलाई चित्रमा झल्काउन सकिन्छ । उहाँका हरेक चित्रले समाजका वस्तुस्थितिलाई समेटेको छ । यी समाजका यथार्थ विषय समेटिएको ३८ चित्रको सङ्गालो हो उहाँका ‘कथाहरु’ ।