३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

आमा ! म छाउघर जानै पर्न्या हो ?

आमा ! म छाउघर जानै पर्न्या हो ?
अ+ अ-

सुर्खेत । पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुँदै भनिन् , आमा ! म छाउघर जानै पर्न्या हो ?’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन्, छाउ बस्न डर लाग्छ नगया हुँदैन ।’

पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक दीर्घामा बसेका भने यसपछिको नाटकको शृङ्खला हेर्न आतुर देखिन्थे । छाउगोठमै रिना बलात्कार भएपछि उनी र उमेशबीचको प्रेमकथाले वियोगान्तको रुप लिएपछि दर्शकका आखाँ रसाए । त्यो संवाद सुर्खेत आयोजित रारा राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको ‘छाउ’ नाटकमा सुदूरपश्चिम तथा कर्णालीका विभिन्न जिल्लामा कुप्रथाको दर्दनाक अवस्थालाई नाटकमा उतारिएको हो । नाटकको सुरुवात मुख्य पात्र भनिएका उमेश र रिनाको प्रेम कहानीबाट सुरु हुन्छ । उनीहरु एक अर्कालाई औधी मन पराउँथे । उमेश पढ्न भनी सदरमुकाम गएको हुन्छ ।

कलेज बिदामा घर आएको बेलामा उमेश र रिनाको सम्बन्धबारे गाउँभरि हल्ला फैलन्छ । दुबैका परिवारले उमेश र रिनाको विवाह गर्ने निधो पनि गर्छन् । विवाहको तयारी भइरहेको हुन्छ । यस्तैमा विवाहको केही दिन अगाडि रिना महिनावारी भएपछि नाटकको शृङ्खला अन्तै मोडिन्छ । नाटक मध्यभागमा पुगेपछि छोरीको बिहेको कुरा छिनेका बुबा र आमा रिना महिनावारी हुँदा भएको घटनाले निराश हुँदै विवाह नहुनेमा चिन्तित हुन्छन् ।

छाउगोठबाट फर्केपछि भने रीनाले बिहे गर्ने निर्णय एकाएक परिवर्तन गर्छे । उनको निर्णयका कारण दुबै परिवार अचम्ममा पर्दछन् । रिनाका बुबाले छोरीले निर्णयले र समाजमा लाज भएको सोची आत्माहत्या गर्ने अवस्थासम्म पुग्दछन् । उता उमेशकी बहिनी जमुनी पनि महिनावारी हुन्छे र उसलाई छाउगोठ जान नदिनका लागि रिनाको विद्रोह शुरु हुन्छ । ‘म जस्ता यो समाजका धेरै रीनाले छाउगोठमै दुःख पायाका छन्, यहाँबाट उनीहरुलाई निकाल्नुछ’, उनको यो विद्रोहको आवाजपछि दर्शकको ताली बज्छ ।

कथाको अन्त्यमा जमुनीसँग आफू छाउगोठ बस्दा बलात्कृत भएको घटना सुनाउँछे । यो कुरा उमेशले सुनेर रिनाले विवाह गर्दिन भन्नाको कारण थाहा पाएर रिनासँगै विवाह गर्न स्वीकार गर्छ । र दुबैको विवाह भएपछि नाटक टुङ्गिन्छ ।

‘छाउ’ नाटकका लेखक तथा निर्देशक पुष्प अवस्थीले नेपाल सरकारले देखेको समृद्धिको सपना देशमा जडा गाडेको यस्ता कुप्रथा अन्त्य नभएसम्म समृद्धि हुन नसक्ने भन्दै समाजलाई चेतना दिने उद्देश्यले नाटक रचिएको गरिएको बताउनुहुन्छ ।
त्यस्तै नाटकमा रिनाको भूमिकामा अभिनय गरेकी सगुन पोख्रेलले आफू सुदूरपरिश्चमा जन्मिएको र छाउप्रथाले आफूलाई पनि छोएकाले यो भूमिका निर्वाह गरेको बताउँछिन् ।नाटकमा मञ्चन गरिएझै सुर्खेतमा आठ महिनाअघि १६ वर्षीया किशोरीको बलात्कार हुनाका साथै त्यसअघि कतिपय किशोरीले ज्यान समेत गुमाइसकेका थिए ।

झण्डै १२ वर्षअघि छाउगोठ बसेकी सुर्खेतको बाबियाचौरकी पार्वती नेपालीलाई सर्पले डसेर मृत्यु भएको थियो । उनको मृत्युको झण्डै ६ वर्षपछि घाटगाउँमा अर्की पार्वती नेपालीको त्यसैगरी अकालमा ज्यान गयो । यस्ता कतिपय घटना अझै चर्चामा आएका छैनन् ।

छाउगोठमा बस्दा सर्पले डसेर, निस्सासिएर, चिसोले कठ्याङ्ग्रिएर र बलात्कारजस्ता आपराधिक घटना भएर कतिपयको मृत्यु भएकाले यो प्रथालाई निर्मूल पार्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट जति प्रयास भए पनि अझै सार्थक परिणाम निस्किन सकेको छैन । अधिकारकर्मी धना जिसी गैरसरकारी सङ्घ संस्थाले जति अभियान चलाए पनि मान्छेको मानसिकता परिवर्तन नहुँदासम्म यसको अन्त्य असम्भव हुने बताउनुहुन्छ ।

पश्चिम सुर्खेतका विभिन्न गाउँमा समेत अभियानका क्रममा छाउगोठ भत्काउने क्रम जोडतोडका साथ चल्यो । तर गैससले आफ्नो अभियान छोडेर फर्केलगत्तै धमाधम छाउगोठ ठडिएका छन्  । अभियानको नाममा गोष्ठी अन्तक्रिया गरेर प्रतिवेदन पेस गरी बजेटसक्ने काम भएको स्थानीयवासीको आरोप छ । छाउ भएका बेला घरभित्र पस्दा देउता लाग्ने, अशुभ हुनेजस्ता अन्धविश्वासले छाउप्रथालाई पश्रय दिने गरेको पाइन्छ ।

नेपालको संविधानको धारा ३८ मा ‘‘महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन’’ भनिए पनि महिलाले छाउपडीकै कारण विभेद र शारीरिक तथा मानसिक पीडाका साथै ज्यानसमेत गुमाइरहेका छन् ।

पाँच महिना अघि एक किशोरी छाउपडीकै कारण बलात्कारको शिकार हुँदा समाजमा किशोरीको चरित्रबारे प्रश्न उठाइएको थियो । गाउँका ठूलावडा भन्नेले यो घटनालाई ढाकछोप गर्नतिर लागे र बलात्कार गर्ने तीन अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिए पनि बिनाकारबाही तत्कालै छोडिदियो । अहिले ती किशोरीको परिवार न्यायको खोजीमा भौँतारिएको छ ।

त्यसैगरी बाबियाचौरकी पार्वती बुढाको मृत्युलाई पनि घरपरिवार र समाजले अन्य कारणबाट मृत्यु भएको भन्दै ढाकछोप गर्न खोजे पनि वास्तविकता सार्वजनिक भएपछि चार दिनपछि शव उत्खनन गरी परीक्षण गरिएको थियो  ।