१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरुमा डेल सोलार प्रधानमन्त्रीमा नियुक्त



अ+ अ-

लिमा । पेरुका राष्ट्रपति मार्टिन भिजकाराले कलाकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका साल्भाडोर डेल सोलारलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

साल्भाडोरले सन् २०१६ देखि २०१७ सम्म पेरुको संस्कृति मन्त्रालयको कार्यभार सम्हाल्नु भएको थियो ।

आमहत्या र मानव अधिकार उल्लङ्घनको जघन्य आरोपमा कारागारमा रहेका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीलाई माफी दिने विषयमा सरकारमा विमति भएपछि उहाँले संस्कृति मन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो ।

डेल सोलारका पूर्ववर्ती प्रधानमन्त्री सेजार भिल्लानुभाले गत साता राजीनामा दिनुभएको थियो ।

सन् १९७० मा जन्मनुभएका डेल सोलारमाथि मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम गर्ने प्रमुख चुनौती रहेको छ ।