८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

“कानुनी रुपमा बाध्यकारी परिवर्तन”मा सहमति भयो – बेलायत

“कानुनी रुपमा बाध्यकारी परिवर्तन”मा सहमति भयो – बेलायत
अ+ अ-

स्ट्रासबर्ग । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिट सम्झौताका लागि युरोपेली युनियनबाट “कानुनी रुपमा बाध्यकारी” प्रत्याभूति प्राप्त भएको बताएका छन् । उनले बेलायती संसदले पछिल्लो प्रस्तावलाई स्वीकृत गर्ने तथा ब्रेक्जिटको अन्यौल अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

युरोपेली युनियनका वरिष्ट अधिकारीहरुसँग भएको छलफलका क्रममा सोमबार साँझ महत्वपूर्ण सहमति भएसँगै प्रधानमन्त्री मेले उक्त घोषणा गरेका हुन् । बेलायत यही मार्च २९ तारिखबाट युरोपेली युनियनबाट अलग्ग हुँदैछ ।

युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करले बेलायती संसदले प्रस्तावित परिवर्तित सम्झौतामा मङ्गलबार मतदान नगर्दासम्म केही बताउन नसकिने बताए।

“सम्झौता गर्ने वा नगर्ने छनौट बेलायतमाथि नै छ । बेलायतको बहिर्गमन बिनाअबरोध सहज रुपमा होस् भन्ने हाम्रो चाहना हो,” प्रधानमन्त्री मेसँगै फ्रान्सेली सहर स्ट्रासबर्गमा आयोजित पत्रकार सम्मेलनमा जन्करले बताए ।

तीन भागमा विभक्त पछिल्लो प्रस्तावित सम्झौताले युरोपेली युनियनको सदस्य मुलुक आयरल्यान्ड र बेलायतको प्रान्तको रुपमा रहेको उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने वा नराख्ने विषय खुला राखेको छ ।
“आज हामीले कानुनी प्रत्याभूतिका विषयमा सहमति जनाएका छौं,” बेलायती प्रधानमन्त्री मेले भने ।

“अब हामी सबै एक हुनुपर्ने परिस्थिति तयार भएको छ । यो सुधारिएको ब्रेक्जिट सम्झौतामा समर्थन जनाउनु उचित हुनेछ । यस सम्झौताले बेलायती जनताको चाहनालाई पनि सम्बोधन गर्ने मैले विश्वास लिएको छु ।”

बेलायती सांसदहरुले मङ्गलबार मतदान गर्नुअघि उक्त प्रस्तावित सम्झौतामा अध्ययन गर्नेछन् । बेलायतले युरोपेली युनियनबाट ४६ वर्षपछि सदस्यता त्याग्दैछ र अब त्यो दिन आउन १७ दिन मात्र बाँकी छ ।

बेलायतको संसद हाउस अफ कमन्सले गत जनवरीमा प्रधानमन्त्री थेरेसा मेले गर्नुभएको प्रस्तावित ब्रेक्जिट सम्झौतालाई ठूलो मतान्तरले अस्वीकृत गरेको थियो । कुनै सार्थक परिवर्तन नभए प्रस्तावित ब्रेक्जिट सम्झौता पनि अस्वीकृत हुने सम्भावना छ ।

युरोपेली युनियनबाट बेलायत अलग्ग हुनुपर्छ भन्ने अभियानमा संलग्न नाइजल फाराजले प्रधानमन्त्री मेले युरोपेली युनियनसँग गर्नुभएको पछिल्लो प्रस्तावित सम्झौता पनि उपयोगी नभएको प्रतिक्रिया दिए । उनले ट्वीट गर्दै नयाँ प्रस्तावमा केही शब्द यताउता मात्र गरिएको बताए ।

बेलायती संसदमा मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले पनि बेलायती संसदमा प्रधानमन्त्री मेले गरेका प्रतिबद्धता विपरीत पछिल्लो सम्झौता भएको बताए ।