१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिदान फर्किएसँगै म्याड्रिडको सुखद पुनरागमन



अ+ अ-

प्रशिक्षक जिनेदिन जिदानले पुनरागमन गरेको पहिलो खेलमा रियल म्याड्रिडले स्पेनिल ला लिगमा सुखद नतिजा निकालको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २-० गोलले पराजित गर्यो ।

रियलको जितमा इस्को र ग्यारेथ बेलले गोल गरे । अघिल्ला प्रशिक्षक सान्टियागो सोलारीले बेवास्ता गरेका इस्कोले ६२ औं मिनेटमा खाता खोलेका थिए । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । ७७ औं मिनेटा बेलले उत्कृष्ट गोल गर्दै रियलको जित पक्का बनाए । जितसँगै रियलले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडमाथि दवाव सिर्जना गरेको छ ।