८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

नेपाल प्रहरी श्रीमती संघ समाजसेवामा

नेपाल प्रहरी श्रीमती संघ समाजसेवामा
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी २४ सै घण्टा समाजसेवामा व्यस्त हुन्छन् । कतिपयलाई लाग्न सक्ला २४ सै घण्टा समाजसेवामा लाग्ने प्रहरीका श्रीमतीले कसरी दिन बिताउलान् ? तर, प्रहरीका श्रीमतीहरुले पनि सङ्घ स्थापना गरी सामाजिक सेवाको क्षेत्रमा काम गरिरहेका छन् ।

‘सेवा नै धर्म हो’ भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीका श्रीमतीहरूको ‘नेपाल प्रहरी श्रीमती सङ्घ’ सामाजिक सेवाका लागि अभिप्रेरित भई राष्ट्रसेवा र राष्ट्रमा समयसमयमा आउने विभिन्न प्रकारका दैवी प्रकोपको क्षेत्रमा काम गर्न क्रियाशील छ ।

श्रीमान् प्रहरी महानिरीक्षक भएपछि स्वतः श्रीमती सङ्घको अध्यक्ष बन्ने परम्पराअनुसार स्थापना भएको सङ्घले शिक्षा, स्वास्थ्य, खेलकूद, आर्थिक क्षेत्रको सुधार, विकास र उन्नतिका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

गैरराजनीति र मुनाफारहित संस्थाको रूपमा विसं २०४१ मा स्थापना भएको सङ्घले आफूसँग भएको सीमित स्रोत र साधनले समाजको उन्नति, प्रगति र विकासका लागि काम गरिरहेको छ । सङ्घका अध्यक्ष प्रमिला खनाल सङ्घले स्थापना कालदेखि नै प्रहरी परिवारका महिलालाई मात्र नभएर समग्र महिलाको सीप विकास, आयआर्जन र क्षमता अभिवृद्धिको क्षेत्रमा काम गर्दै आइरहेको बताउनुहुन्छ ।

“अमर प्रहरी, घाइते, दीर्घ रोगी आदिका परिवारलाई छात्रवृत्ति, आर्थिक सहयोग, सहाराविहीन वृद्धवृद्धालाई राहत सहयोग तथा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आइरहेका छौँ”, उहाँ भन्नुहुन्छ ।

सङ्घले यो वर्षमात्र नेपाली महिलाको महान् पर्व तीजका अवसरमा पशुपति परिसरमा निःशुल्क खानेपानी वितरण, ६३ औँ प्रहरी दिवसको अवसरमा सहारा असहाय बालगृह धापासीमा राहत वितरण, रसुवाको स्याफ्रुबेँसी र कालिकामा स्वास्थ्य शिविर, यौनहिंशा तथा मानव बेचबिखनसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

काभ्रेपलाञ्चोकको कटुञ्जेमा रहेको रोशी उच्च माध्यमिक विद्यालयमा यौनहिंशा तथा मानव बेचबिखनसम्बन्धी कार्यक्रम, अपाङ्ग दिवसको अवसरमा काठमाडौँको लोलाङमा न्यानो कपडा तथा राहत वितरण, स्पाइनल कर्ड इन्जुरी जोरपाटीमा राहत वितरण, स्कीन आर्टस एथेस्टीक कस्मेटोलोजीसँग स्कीन ब्युटिफिकेशनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

यस्तै, सङ्घले आफ्नो स्थापना दिवस र आफ्नो मातहत रहेका आसरा सुधार केन्द्र, शिशु स्याहार केन्द्रलगायत संस्थाको वार्षिकोत्सवसमेत सम्पन्न गरिसकेको अध्यक्ष खनालको भनाइ छ । सङ्घले महिला लागुऔषध प्रयोगकर्ताको उपचार, परामर्श तथा पुनःस्थापना कार्यका लागि गत माघ २७ गते ४० महिला राख्न मिल्ने गरी काठमाडौँको तिलगङ्गामा पुनःस्थापना केन्द्रको स्थापना गरेको छ ।

यही चैत १ गते सङ्घकै पहलमा सुनसरीको धरान उपमहानगरपालिका–६ पारबानीस्थित १०० पुरुष लागुऔषध प्रयोगकर्ताको उपचार, परामर्श तथा पुनःस्थापना गर्न मिल्ने गरी आसरा सुधार केन्द्रको शाखा विस्तार गरिएको छ । उक्त शाखाको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गर्नुभएको थियो ।