८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

विप्लव सिप्लव को हो ?, सरकारले कसैलाई चिन्दैन : प्रधानमन्त्री ओली

विप्लव सिप्लव को हो ?, सरकारले कसैलाई चिन्दैन : प्रधानमन्त्री ओली
अ+ अ-

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई सरकारले नचिन्ने बताएका छन् । उनले विप्लव समूह कुनै कुनै दल विशेष र आधिकारिक नभइकन अनाधिकृत झुण्ड भएको कारण सरकारले नचिन्ने बताए ।

विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले विप्लव समूहलाई सरकारले अनाधिकृत झुण्डका रुपमा हेरिरहेको बताए । प्रधानमनत्री ओलीले भने, राजनैतिक दल भन्ने आवरणमा विप्लव समूह विभिन्न विध्वंसात्मक गतिविधीमा लागेको छ यस्तो दल पनि दल हुन्छ ? यसलाई हामी चिन्दैनौ ।

विप्लव समूहको नेकपा कुनै दल वा संस्थाका रुपमा कहीं पनि आधिकारिक रुपमा दर्ता छैन,’ ओलीले भने, ‘विधि र प्रक्रियाअनुसार नचल्ने संस्थालाई विप्लव भएपनि सिप्लव भएपनि सरकारले कसैलाई चिन्दैन ।’

उनले बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधि र जनतालाई धम्क्याउने एवं तर्साउने कार्य सरकारलाई मान्य नहुने स्पष्ट पारे । ‘बम पड्काएर आतंक सिर्जना गर्दै धम्क्याउने र तर्साउने काम भइरहेको छ,’ उनले भने, ‘अनि यस्तो गर्न पाइँदैन भनेर सरकारले प्रतिबन्ध लगाउँदा के को रुवाबासी ?’

कसैले रुवाबासी गरे पनि सरकारले विप्लव समूहलाई निषेध मात्र होइन नियन्त्रण नै गर्ने उनले बताए ।

उनले शान्ति सुरक्षा प्रदान गर्न सरकार दृढ रहेको बताउँदै कुनै पनि बाहनामा शान्ति सुरक्षा खलबबलाउन खोज्ने तत्वलाई सरकारले नछाडने बताए ।

ओलीले विप्लवलाई जनभावनाअनुसार अघि बढेर गम्भीर हिसाबमा राजनैतिक गतिविधी सञ्चालन गर्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले संविधान, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने र यस्ता गतिविधिमा सधैं सरकार कठोर बन्ने बताए ।

ओलीले पार्टी एकताको विषय अन्तिम चरणमा पुगेको वताए । उनले पार्टी एकताका विषयमा प्राय सवै विषयमा टुंगो लागि सकेको पनि दावी गरे ।