८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

परिवार नियोजनका साधन प्रयोगकर्ता ४३ प्रतिशत मात्रै

परिवार नियोजनका साधन प्रयोगकर्ता ४३ प्रतिशत मात्रै
अ+ अ-

काठमाडौँ । परिवार नियोजनका सेवा किन लक्षित वर्गमा पुगेन ? जानुपर्ने र सेवा लिनुपर्ने सेवाग्राहीले किन सेवाबाट विमुख हुन परिरहेको छ ?

यो प्रश्न अहिले परिवार नियोजनका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी प्रतिनिधिले गम्भीररुपमा उठान गर्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत लामो समयदेखि प्राथमिकता प्राप्त कार्यक्रममा परिवार नियोजन सेवालाई राखेको छ ।

सरकारी तथा अन्तर्राष्ट्रिय दातृ निकायबाट यस क्षेत्रमा कति लगानी भयो भन्ने कुनै लेखा जोखा छैन । तर विगत ५० वर्षमा परिवार नियोजनका साधन प्रयोगदर ४३ प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन । साधनका बारेमा ९० प्रतिशतलाई जानकारी छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख चिकित्सक आरपी विछाले भने, “परिवार नियोजन सेवा जानुपर्ने ठाउँमा पुगेको छैन । यस सेवा किशोर किशोरीलाई अति आवश्यक पर्छ तर उनीहरुको यसमा पहुँच नै छैन ।”

महाशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले परिवार नियोजन सेवाका लागि हालसम्म कति लगानी भयो भन्ने एकीन जानकारी छैन भने । मन्त्रालयले आफ्नो कूल बजेटको दुई प्रतिशत बजेट यस क्षेत्रमा लगानी गर्छ ।

विभिन्न दातृ निकायले संयुक्तरुपमा गरेको हालै सार्वजनिक अध्ययनका अनुसार अझै पनि ३४ प्रतिशत किशोर किशोरीको परिवार नियोजनको सेवामा पहुँच छैन । पहिलो सन्तानपछि सुत्केरी अवस्थामा परिवार नियोजनका बारेमा उचित जानकारी दिने हो भने ८४ प्रतिशत महिलाले परिवार नियोजनका विधि प्रयोग गर्दछन् ।

अर्कोतर्फ गत वर्ष सरकारी आँकडामा गर्भपतन गराउनेको सङ्ख्या एक लाख माथि रहेको छ । अध्ययनका अनुसार गर्भपतन गराउनेलाई परिवार नियोजनका सेवाको पहुँच नपुगेको देखिएको छ । पछिल्लो वर्षमा सरकारले परिवार नियोजनको सट्टामा परिवार योजनाले सम्बोधन गर्दै आएको छ ।

नेपालमा पहिलोपटक भोलिदेखि परिवार योजना सम्मेलन शुरु हुँदैछ । ‘पहुँच बाहिर परेकालाई समेट्ने’ भन्ने मुख्य नारामा केन्द्रित रहेको सो सम्मेलनमा यस क्षेत्रमा कार्यरत सरकारी तथा गैरसकारी विज्ञको सहभागिता हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्मेलनमा परिवार नियोजन सेवाको पूर्ति, माग, सेवाको पहुँच विस्तार, पहुँचमा नआएकालाई कसरी समेट्नेलगायतका विषयमा छलफल हुनेछ । साथै आगामी दिनमा परिवार नियोजनको प्रयोग दर बढाउन अपनाउनुपर्ने रणनीतिका बारेमा समेत छलफल हुने महाशाखाका प्रमुख विछाले जानकारी दिए ।

सरकारले परिवार योजना २०२० मा परिवार नियोजनको प्रयोगदर बढाउँदै यसको पहुँच विस्तार गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । सम्मेलनमा परिवार कल्याणसँग सम्बन्धित २४ वटा कार्यपत्र प्रस्तुत हुनेछ ।