८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

खेलकूद क्षेत्रमा उल्लेख्य सुधार

खेलकूद क्षेत्रमा उल्लेख्य सुधार
अ+ अ-

काठमाडौँ । युवा तथा खेलकूद मन्त्रालयले सीमित स्रोतसाधन र दक्ष जनशक्तिको कमीका बाबजूद खेलकूद क्षेत्रमा गएको एक वर्षभित्र उल्लेख्य उपलब्धि हासिल गरेको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आफू मन्त्री भएर आएको एक वर्षभित्र सङ्घीय शासन प्रणालीअनुसार आवश्यक कानून निर्माण भइनसक्दा पनि खेलकूदको क्षेत्रमा पूर्वाधार निर्माण र प्रशासनिक सुधारमा उल्लेख्य सुधार गरेको बताउनुभयो ।

खेलकूद क्षेत्रको समग्र विकासका लागि भौतिक संरचना निर्माण तथा स्तरोन्नतिको कार्य प्रमुख प्राथमिकतामा राखी काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार, सातै प्रदेशमा आधुनिक सुविधासम्पन्न रङ्गशाला निमाणाको थालनी र ७५३ स्थानीय तहमा खेलग्राम निर्माण गर्ने लक्ष्यका साथ कार्य प्रारम्भ भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी खेलकूद क्षेत्रको रुपान्तरण र विकासका पूर्वाधार निर्माण योजना, खेलाडीको वृत्तिविकास, तालीम, प्रशिक्षण, सेवासुविधा, प्रोत्सहान, खेल पर्यटनको विकास, साहसिक खेलको विकार प्रवद्र्धनलगायत योजना कार्यान्वयन शुरु भएका र आगामी दिनमा नेपालको खेलकूद क्षेत्रले गुणात्मक फड्को लिने विश्वास मन्त्रालयको छ ।

सो अवसरमा मन्त्री विश्वकर्माले एकवर्षे कार्यकालमा १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल पूर्वाधार निर्माणकार्य तीव्रगतिका साथ अघि बढाइएको, प्रदेश नं ५ को नेपालगञ्जलगायतका जिल्लामा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितासँग सम्बन्धित खेलका पूर्वाधार निर्माणकार्य सम्पन्न हुने चरणमा पुगेका पर्यटकीय खेल गन्तव्यको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण तथा उच्च धरातलीय खेलकूद प्रशिक्षण केन्द्र स्थापनाको कार्य शुरु गरेको जानकारी दिनुभयो ।

भूकम्पपछि क्षतिग्रस्त भएका सातदोबाटोस्थित पौडी पोखरी, सुटिङ रेन्जको पुनःनिर्माण भइसकेको र दशरथ रङ्गशालालाको पुनःनिर्माणकार्य ८० प्रतिशत सकिएको सो अवसरमा जानकारी दिइयो । त्यसैगरी तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताका लागि सातदोबाटोमा कराँते र तेक्वान्दोको आधुनिक कभर्डहल निर्माण सम्पन्न भइसकेको, पोखरामा बहुउद्देश्यीय कभर्ड हल, ह्याण्डबल कोर्ट निर्माणकार्य सम्पन्न भएको बताइएको छ ।

मन्त्री विश्वकर्माले चालू आर्थिक वर्षभित्र देशका विभिन्न भागमा छ रङ्गशाला, १९ कभर्ड हल, सात क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदान निर्माणकार्यलाई तीव्रता दिने योजना पनि बनाइएको जानकारी दिनुभयो । यसै वर्षदेखि ओलम्पिक खेलमा सहभागी ५९ खेलाडीलाई जनही मासिक रु तीन हजार र एशियन खेलमा पदक प्राप्त गर्ने १२ र दक्षिण एशियाली खेलकूदमा पदक जित्न सफल ८५ खेलाडीलाई मासिक रु पाँच हजारका दरले भत्ता उपललब्ध गराउन थालिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले एक वर्षको अवधिमा खेल सङ्घमा लामो समयदेखि रहेको विवाद समाधान गरी खेलकूदलाई एकताबद्ध र मर्यादित बनाउन विशेष पहल गरिएको बताउँदै फुटबल, कराँते, जिम्न्याष्टिक, मोर्डन पेन्टाथलनको विवाद समाधान भएको र तेक्वान्दो, कुस्ती, क्रिेकट र नेपाल ओलम्पिक कमिटीमा रहेको विवाद तथा समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताउनुभयो ।

एक वर्षभित्रमा राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन निर्देशिका, स्थानीय तहमा खेलकूद पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, राष्ट्रिय खेलकूद कार्यविधि, राष्ट्रपति रनिङशिल्ड सञ्चालन निर्देशिका, खेलकूदसम्बन्धी शोधकार्यमा सहयोग र प्रोत्सहानसम्बन्धी कार्यविधिलगायत ११ नीतिगत निर्देशिका जारी गर्न मन्त्रालय सफल भएको छ ।