८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

प्रचण्ड भन्छन् : सीताले अमेरिकामा उपचार गर्ने मनसाय राखेपछि जान लागे

प्रचण्ड भन्छन् : सीताले अमेरिकामा  उपचार गर्ने मनसाय राखेपछि जान लागे
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका प्रसताज गरेका छन् । प्रचण्ड पत्नी सीताको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ पत्नी सीताले आफूले एक पटक अमेरिका गएर स्वास्थ्य उपचार गर्ने मनसाय राखेपछि आफू उपचारका लागि अमेरिका जान लागेको बताईन्। दाहाल पत्नी सीता पार्किन्सन जस्तो एक प्रकारको जटिल रोगले पीडित छिन् ।

अमेरिकामा सो रोगको उपचारको व्यवस्था राम्रो हुने कुरा त्यहाँ रहेका केही साथीहरुले भनेपछि पत्नी सीताको उपचारका लागि आफू अमेरिका जान लागेको अध्यक्ष दाहालले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले यस अघि सो रोगको उपचारका लागि पत्नी सीतालाई आफूले सिंगापुर पुर्याएको थिए ।

प्रचण्डका पत्नी सीतालाई अमेरिकाको बाल्टिमोरस्थित ‘जोन हकिन्स’ अस्पतालमा उपचार गरिनेछ । वासिङटनमा रहेको एक अर्को सो रोग सम्बन्धी रिसर्च सेन्टरमा पनि पत्नी सीताको स्वास्थ्य परीक्षण गराउने योजना पनि रहेको अध्यक्ष दाहालले बताए ।

दाहालका साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि रहेका छन् ।

एक हप्ता भन्दा बढि उपचारको समय लागे पत्नी सीतालाई छोरी–ज्वाईको साथमा छाडेर स्वदेश फर्कने अध्यक्ष दाहालको योजना छ ।