८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

भेरी–बबईको सुरुङ अन्तिम चरणमा, ११ हजार ६०० मिटर सम्पन्न, अब ६०० मिटर मात्र बाँकी

भेरी–बबईको सुरुङ अन्तिम चरणमा, ११ हजार ६०० मिटर सम्पन्न, अब ६०० मिटर मात्र बाँकी
अ+ अ-


सुर्खेत: राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षणका कारण निर्धारित समयअगावै सुरुङ निर्माणकार्य पूरा हुने भएको हो । 

आयोजना प्रमुख सञ्जीव बरालले टिबिएमको सहायताले आजसम्म ११ किमी ६०० मिटर सुरुङ निर्माण भइसकेको जानकारी दिनुभयो । सुरुङको लम्बाइ १२ हजार मिटर हो । “नेपालमै पहिलोपटक परीक्षणका लागि प्रयोग गरिएकाले थुपै्र आशङ्का थियो, सुरुङ निर्माणमा कुनै बाधा भोग्नुपरेन, अबको केही दिनभित्रै बाँकी ६०० मिटर निर्माण पूरा हुन्छ”, उहाँले भन्नुभयो, “भेरीको चिप्लेमा ‘टनेल एक्जिट प्लेटफर्म’ पनि निर्माण भइसकेको छ ।” 

नेपालमा यसअघि ड्रिलिङ र ब्लास्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो । अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको टिबिएम चीनबाट ल्याइएको हो । चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ गु्रप लिमिटेड (कोभेक) ले सुरुङ निर्माणको जिम्मा लिएको छ । अत्याधुनिक कम्प्युटरचालित उक्त मेसिन खरीदपूर्व कोभेकले उत्पादक कम्पनीसँग जडानका साथै परीक्षणस्वरुप पाँच मिटर सुरुङ खनेर मात्र हस्तान्तरण गर्नुपर्ने शर्त राखेको थियो । शर्तअनुसारै उत्पादक कम्पनीले आयोजनास्थलमै आएर २५० मिटर लामो मेसिन जडान गरेको हो । 

सुरुङ निर्माणलगत्तै ‘फिनिसिङ’ को काममा शुरु गर्ने आयोजनाको तयारी छ । आयोजना प्रमुख बरालले सुरुङभित्र सरसफाइ गर्नुका साथै विद्युतगृह (पावरहाउस) र बाँध (ड्याम) निर्माणको काम शुरु गरिने बताउनुभयो । सिँचाइ विभागले यसको प्रक्रिया अघि बढाइसकेको छ । सन् २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य थियो । आयोजनाका अनुसार हात्तीखालदेखि छ किलोमिटर दूरीमा पर्ने तोलीखोलाको ‘रिक्सजोन’ सहजै पार भएकाले लक्ष्यभन्दा एक वर्षअगावै सुरुङ निर्माणको काम सम्पन्न हुन लागेको हो । विसं २०७३ कात्तिक अन्तिम सातादेखि टिबिएमले सुरुङ खन्न थालेको थियो । 

भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । सुरुङ निर्माणकार्यमा करीब ७०० नेपाली र ८० चिनियाँ कामदार चौबिसै घण्टा खटिएका छन् । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युत्गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न रु ३३ अर्ब १९ करोड खर्च हुनेछ । सुरुङका लागि हालसम्म रु सात अर्ब खर्च भएको छ । गुरुयोजनामा सन् २०२० भित्रमा आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा ल्याउन सकिने उल्लेख छ । 

भेरीको पानी बबई नदीमा खसाल्न चिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिनेछ । ११४ मिटर लामो ब्यारेज १४ मिटर अग्लो हुने बताइएको छ । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भनिएको हो । बाह्रै महीना सिँचाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक रु तीन अर्ब र विद्युत्बाट रु चार अर्ब प्रत्यक्ष आम्दानी हुने सरकारको अनुमान छ ।