१६ भाद्र २०८३, मंगलवार
,
Latest
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा, चेल्सीलाई लाग्यो झट्का



अ+ अ-

ईङलिश प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। ३१ औं चरणको खेलमा फुल्ह्यामलाई २–१ ले हराउँदै लिभरपुल, तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। ३१ खेलबाट ७६ अंक जोडेको लिभरपुलले म्यानचेष्टर सिटीलाई २ अंकले पछि पारेको हो। यद्यपि, सिटीले एक खेल कम खेलेको छ।

लिभरपुलको जितमा सादियो माने र जेम्स मिल्नरले एक एक गोल गरे। रायन बावेलले फुल्ह्यामका लागि एक गोल फर्काए। आइतबार राति नै भएको अर्को खेलमा चेल्सी एभर्टनसँग २–० ले पराजित भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एभर्टनले दुबै गोल दोस्रो हाफमा गरेको थियो।
एभर्टनसँगको हारसँगै शीर्ष ४ मा पुग्ने चेल्सीको सम्भावना कमजोर बनेको छ। ३० खेलबाट ५७ अंक सहित ऊ तालिकाको छैठौं स्थानमा छ। जितपछि एभर्टन भने तालिकाको ११ औं स्थानमा उक्लिएको छ। प्रिमियर लिगमा आज आर्सनल र न्यूक्यासल युनाइटेडबीच खेल हुने छ।