१६ भाद्र २०८३, मंगलवार
,
Latest
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग वान : पिएसजीको सहज जित, डी मारियाको दुई गोल



अ+ अ-

काठमाडौँ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्टजर्मेन (पिएसजी) ३–१ गोल अन्तरले विजयी भएको छ । आइतबार राति भएको खेलमा पिएसजीले मार्सेलीलाई हरायो ।

पिएसजीको जितमा डी मारियाले दुई र एमबाप्पेले एक गोल गरे । जर्मेनले मार्सेलीका लागि एक गोल फर्काए । यो खेलमा मार्सेलीका किपरले रातो कार्ड पाउँदै मैदान छाड्नुपर्‍यो ।

एमबाप्पेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पिएसजीले सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमा नै जर्मेनको गोलमा मार्सेलीले बराबरी गर्‍यो । त्यसपछि ५५ र ५६ औं मिनेटमा डी मारियाले गोल गरेर पिएसजीलाई ३–१ को जित दिलाए ।

६२ औं मिनेटमा मार्सेलीका किपर म्यानडान्डालाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाइदिए । आफ्नो क्षेत्रभन्दा बाहिर गएर ह्याण्डबल गरेपछि उनले रातो कार्ड पाएका हुन् ।

म्यानडान्डा बाहिरिएपछि मार्सेलीले योहान पेलेलाई गोलरक्षकको रुपमा मैदान प्रवेश गराएको थियो । उनले एमबाप्पेले प्रहार गरेको पेनाल्टीलाई जोगाए ।

जितपछि शीर्षस्थानको पिएसजीको २८ खेलबाट ७७ अंक भएको छ र दोस्रो स्थानको लिलेको ५७ अंक छ । चौथो स्थानको मार्सेलीको ४७ अंक भएको छ ।