१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरुङ– काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि १७ अर्ब माग



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ– काठमाडौँ रेलमार्गको लागि सरकारसँग बजेट माग गरेको छ ।

मन्त्रालयको सोमबार संघीय संसदको अर्थ समितिको बैठकले फिजिबिलिटी अध्ययन (सम्भाव्यता अध्ययन)का लागि तत्काल १७ अर्ब बजेट माग गरेको हो । मन्त्रालयका सचिव मधुसुदन अधिकारीले हालको लागि उक्त अध्ययनको लागि १६ अर्ब खाँचो रहेको बताए । उनले उक्त अध्ययन नेपाल एक्लैले मात्रै गर्न नसक्ने भएका कारण चीन सरकारको सहयोग रहने स्पष्ट पारे ।

मन्त्रालयका अनुसार केरुङ–काठमाण्डौ रेलमार्ग निर्माणको फिजिबिलिटी अध्ययनका लागि झण्डै ३५ अर्ब लाग्ने अनुमान गरिएको छ ।

सचिव अधिकारीले चालू आर्थिक वर्ष भित्र आफ्नो मन्त्रालयले लक्ष्य अनुसार नै पूँजीगत खर्च गर्ने दाबी पनि गरे ।