१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोलाई कारबाही !



अ+ अ-

काठमाडौँ । युभेन्टसका फरवार्ड क्रिष्टियानो रोल्डोलाई युरोपेली फुटबल महासंघले कारबाही गरेको छ ।

च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वार्टर फाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई हराउँदै ह्याट्रिक गरेका रोनाल्डोले खुशियाली मनाउने क्रममा अनुचित हाउभाउ गरेका थिए ।

३४ वर्षे रोनाल्डोले एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीसामु गएर गुप्ताङ्गतर्फ इशारा गरेका थिए । यसअघि पहिलो लेगमा एट्लेटिकोले युभेन्टसविरुद्ध २–० को जित निकाल्दा प्रशिक्षक सिमोनीले त्यस्तै प्रकारको सेलेब्रेसन गरेका थिए । महासंघले रोनाल्डोको हाउभाउबारे आउँदो बिहीबार सुनुवाइ हुने जनाएको छ ।

रोनाल्डोमाथि के कारबाही भएको हो त्यो भने खुलाइएको छैन । यस्तै हर्कत गरेका कारण एट्लेटिको मड्रिडका प्रशिक्षक सिमोनीलाई २० हजार युरो जरिबाना गराइएको थियो ।