१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोलाई कारबाही !



अ+ अ-

काठमाडौँ । युभेन्टसका फरवार्ड क्रिष्टियानो रोल्डोलाई युरोपेली फुटबल महासंघले कारबाही गरेको छ ।

च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वार्टर फाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई हराउँदै ह्याट्रिक गरेका रोनाल्डोले खुशियाली मनाउने क्रममा अनुचित हाउभाउ गरेका थिए ।

३४ वर्षे रोनाल्डोले एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीसामु गएर गुप्ताङ्गतर्फ इशारा गरेका थिए । यसअघि पहिलो लेगमा एट्लेटिकोले युभेन्टसविरुद्ध २–० को जित निकाल्दा प्रशिक्षक सिमोनीले त्यस्तै प्रकारको सेलेब्रेसन गरेका थिए । महासंघले रोनाल्डोको हाउभाउबारे आउँदो बिहीबार सुनुवाइ हुने जनाएको छ ।

रोनाल्डोमाथि के कारबाही भएको हो त्यो भने खुलाइएको छैन । यस्तै हर्कत गरेका कारण एट्लेटिको मड्रिडका प्रशिक्षक सिमोनीलाई २० हजार युरो जरिबाना गराइएको थियो ।