८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

ट्रम्पको दुखेसो : गुगलले चीन र उसको सेनालाई सहयोग गर्यो

ट्रम्पको दुखेसो :  गुगलले चीन र उसको सेनालाई सहयोग गर्यो
अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले गुगलले चीन र चीनको सेनालाई सहयोग गरेको आरोप लगाएका छन् ।

ट्रम्पले हालै गरेको एक ट्विटमा लेखेका छन्, ‘गुगलले चीन र चिनियाँ सेनालाई सहयोग गरिरहेको छ, तर अमेरिकालाई होइन । यो निकै भयानक छ । सुखद् समाचार के भने उनीहरुले हिलारी क्लिन्टनलाई गरे तर ट्रम्पलाई गरेनन्‘ आखिर यो कसरी भयो रु’

यसरी ट्रम्पले गुगल र चीनलाई एकसाथ प्रहार गर्ने क्रममा आफ्नो राष्ट्रपतिकी प्रतिस्पर्धी क्लिन्टनलाई पनि छाडेनन् ।

अमेरिकाको सेना प्रमुखले गुगलको आलोचना गरेको केही समयपछि नै ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो । गुगलले चीनमा गरिरहेको गतिविधिले अप्रत्यक्ष रुपमा चिनियाँ सेनालाई सहयोग पुगिरहेको सेना प्रमुखले हालै बताएका थिए ।

तर गुगलले आरोपको खण्डन गरेको छ । गुगलले भनेको छ, ‘हामीले चिनियाँ सेनासँग काम गरेका छैनौँ । हामीले साइबर सुरक्षा, अमेरिकी सरकारका नियुक्ति तथा स्वास्थ्यलगायतका कुरामा अमेरिकी सरकार तथा अमेरिकी रक्षा मन्त्रालयसँग मिलेर काम गरिरहेका छौँ ।’

गुगलको चीनमा रहेको संलग्नताको विषय पछिल्लो समयमा बहसको विषय बनिरहेको छ । गुगलले चिनियाँ सरकारको नियमानुसार चीनका लागि लक्षित गरी सर्च इन्जिनको विकास गर्ने प्रक्रियामा रहेको समाचार पनि आएको थियो । तर गुगलका सीईओ सुन्दर पिचाइले यस्तो योजना नभएको प्रष्टीकरण दिएका थिए । यद्यपि, भविष्यमा चीनमा सर्च इन्जिन लञ्च गर्ने कुरालाई उनले अस्वीकार भने गरेनन् ।

पछिल्ला केही महिना यता अमेरिका र चीनबीच व्यापार युद्ध चर्किरहेको छ । यसले अमेरिका र चीन दुवै देशका प्रविधि कम्पनीहरुलाई नकारात्मक असर परिरहेको छ ।

अमेरिकाले चिनियाँ ब्राण्ड हुवावेका उत्पादनहरु माथि पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । उता चीनमा एप्पललगायतका अमेरिकी कम्पनीको बिक्रीमा तीव्र गिरावट भइरहेको छ ।