१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस, हङकङ र सिंगापुर विश्वका सर्वाधिक महङ्गो शहर



अ+ अ-

काठमाडौँ । पेरिस, हङकङ र सिंगापुर विश्वका सर्वाधिक महङ्गो शहर बनेका छन् । विश्वका १ सय ३३ वटा शहरमा ईकोनमिस्ट ईन्टेलिजेन्ट यूनिट सर्भेले गरेको अध्ययनपछि पहिलो पटक फ्रान्सको पेरिस, चीनको हङकङ र सिंगापुरको सिंगापुरलाई महङ्गो शहरको सूचीमा शीर्ष स्थानमा राखेको हो ।

गतबर्ष गरिएको सर्भेले पेरिसलाई दोस्रो नम्बरको सूचीमा राखेको थियो । सर्भेले खाना, बस्न तथा विभिन्न क्रियाकलापका लागि लाग्ने रकमको लेखाजोखा गरी १० महङ्गा शहरको सूची सार्वजनिक गरेको हो ।

त्यस्तै स्वीट्जरल्याण्डको जुरिच र जेनेभा, जापानको ओसाका, दक्षिण कोरियाको सोल, डेनमार्कको कोपनहेगेन र अमेरिकाको न्यूयोर्क पनि महंगा शहरको सूचीमा परेका छन् ।

इजरेलको तेल अभिभ र अमेरिकाको लस एन्जेलसलाई पनि यूनिट सर्भेले महङ्गो १० शहरको सूचीमा राखेको छ ।

त्यस्तै, सर्भेका अनुसार विश्वका सर्वाधिक सस्ता शहरको सूचीमा भेनेजुएलाको काराकस पहिलो नम्बरमा छ । सिरियाको दमासकस दोस्रो र उज्वेकिस्तानको टासकेन्ट तेस्रो नम्बरमा परेका छन् । कजाकस्तानको अलमाटी, पाकिस्तानको कराँची, नाईजेरियाको लागोस, अर्जेन्टिनाको बोएनोस एरिस तथा भारतको बैंगलोर, चेन्नई र नयाँ दिल्ली पनि सस्तो शहरको सूचीमा परेका छन् ।