८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आईजीपी बन्न असफल पूर्वडीआइजी फोरमको नेतृ बन्न सफल

आईजीपी बन्न असफल पूर्वडीआइजी फोरमको नेतृ बन्न सफल
अ अ+ अ-

काठमाडौँ । योग्य भएपनि आईजीपी बन्न असफल नेपाल प्रहरीका पूर्वडीआइजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन् ।

केही दिन पहिले फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव चितवन गएको बेला उनलाई पार्टीमा प्रवेश गराइएको थियो । यादवले थापा आफ्नो पार्टीमा प्रवेश गर्नुलाई लिएर सकारात्मक रुपमा लिएको बताए । उनले भने, फोरम नेपाल पहिलो महाधिवेशनको तयारीमा गरिरहेको बेला थापा पार्टी प्रवेश गर्नुलाई अर्थपूर्ण रुपमा लिएको छु ।

‘थापामाथि राजनीतिक पार्टीबाट थिचोमिचो भएका कारण राजनीतिबाटै समाधान देखेपछि उनी आफ्नो पार्टीमा आएको हुन् । “यादव”ले भने, योग्य भएपनि थापालाई आईजीपीको दौडबाट निकालिएको थियो त्यसैले उहाँ हाम्रो पार्टीमा प्रवेश गर्नु भएको हो ।’

थापालाई त्यतिबेला उपेन्द्रकान्त आर्यालले सो पदमा उछिनेका थिए । उनी पार्टीमा प्रवेश गरेपनि हालसम्म कुनै जिम्मेवारी भने नदिइएको यादवले बताए । बैशाख २७ गतेदेखि शुरु हुन गइरहेको महाधिवेशबाट नै उनलाई पार्टीमा कुन जिम्मेवारी दिने हो सो कुराको टुङ्गो लाग्ने यादवले बताए ।

यसअघि मात्रै डीआईजी नवराज सिलवाल नेकपा प्रवेश गरेका थिए । तत्कालीन एमालेबाट ललितपुर–१ मा उम्मेदवारी दिएका सिलवाल हाल संघीय संसदका सांसद् छन् ।