१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर : ५ दशमलव ८६ अंकले ओरालो



अ+ अ-

काठमाडौँ । साताको तेस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ८६ अंकले ओरालो लागेको छ ।

मंगलबार होटल समूह स्थिर देखिएको छ भने अन्य सबै समूहहरु ओरालो लागेका छन् । बजार ६ दशमलव ८६ अंकले ओरालो लाग्दा नेप्से परिसूचक एक हजार १ सय ४७ दशमलव १५ अंकमा झरेको छ ।

यस अघि सोमबार पनि ७ अंक भन्दा बढीको गिरावट आएको थियो ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत भारी गिरावट देखिएको छ । दिनभर भएका २ हजार ५ सय ९२ कारोबारबाट विभिन्न कम्पनीका ५ लाख ३४ हजार ९ सय ९५ कित्ता शेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम १४ करोड ८६ लाख ३३ हजार २ सय ४५ रुपैयाँमात्रै भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यस अघि सोमबार भएको कारोबारमा ३६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको थियो । कारोबार रकमका आधारमा नागरिक लगानी कोष पहिलो नम्बरमा देखिएको छ । कोषको मंगलबार २ करोड ३५ लाख ४६ हजार ४ सय ८ रुपैयाँको कारोबार भएको छ ।