१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर : ५ दशमलव ८६ अंकले ओरालो



अ+ अ-

काठमाडौँ । साताको तेस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ८६ अंकले ओरालो लागेको छ ।

मंगलबार होटल समूह स्थिर देखिएको छ भने अन्य सबै समूहहरु ओरालो लागेका छन् । बजार ६ दशमलव ८६ अंकले ओरालो लाग्दा नेप्से परिसूचक एक हजार १ सय ४७ दशमलव १५ अंकमा झरेको छ ।

यस अघि सोमबार पनि ७ अंक भन्दा बढीको गिरावट आएको थियो ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत भारी गिरावट देखिएको छ । दिनभर भएका २ हजार ५ सय ९२ कारोबारबाट विभिन्न कम्पनीका ५ लाख ३४ हजार ९ सय ९५ कित्ता शेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम १४ करोड ८६ लाख ३३ हजार २ सय ४५ रुपैयाँमात्रै भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यस अघि सोमबार भएको कारोबारमा ३६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको थियो । कारोबार रकमका आधारमा नागरिक लगानी कोष पहिलो नम्बरमा देखिएको छ । कोषको मंगलबार २ करोड ३५ लाख ४६ हजार ४ सय ८ रुपैयाँको कारोबार भएको छ ।