१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुकेश अम्बानीले भाइलाई जेल जानबाट यसरी जोगाए



अ+ अ-

नयाँदिल्ली । सुरुवातमा मुकेश अम्बानी र अनिल अम्बानीलाई बुवा धिरुभाइ अम्बानीबाट व्यवसायको ठूलो साम्राज्य प्रप्त भयो। जब धिरुभाइको मृत्यु भयो मुकेश र अनिलबीचको सम्बन्ध सुखद रहेन।

सम्बन्ध जे-जस्तो भएपनि मुकेशले अनिललाई जेल जानबाट बचाएका छन्। अनिलले ७.७ करोड डलर स्विडेनको कम्पनी एरिक्सनलाई यही हप्ता बुझाउनु पर्ने थियो। ऋण नतिरे उनी जेल चलान हुनेथिए। तर, यो अफ्ठ्यरो समयमा अनिललाई मुकेशले साथ दिएर जेल जानबाट जोगाएका छन्।

मुकेश विश्वका सबैभन्दा धनी उद्योगपतिमा पर्छन्। फाइनान्सियल टाइम्सका अनुसार मुकेशसँग ४२ अर्ब डलरको सम्पत्ति छ। अहिले अनिललाई मुकेशले बचाए पनि उनको रिलायन्स कम्युनिकेशन्स डुब्नुमा मुकेशको नयाँ टेलिकम कम्पनी जियोको पनि महत्वपूर्ण योगदान छ।