८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मेक्सिकोमा २० वटा नयाँ तेल खानी खनिने

मेक्सिकोमा २० वटा नयाँ तेल खानी खनिने
अ+ अ-

मेक्सिको सिटी । मेक्सिको सरकारले यसै वर्ष मेक्सिको खाडी र त्यस वरपर नयाँ २० वटा तेल खानीको विकास गरिने घोषणा गरेको छ ।

सरकार नियन्त्रित पेट्रोलिओस मेक्सिकानोस ९पेमेक्स०का महानिर्देशक ओक्टाभियो रोमेराले १६ वटा तेलकुवा गल्फ अफ मेक्सिकोको तटीय इलाकामा रहने जानकारी दिनुभयो । अरु तीन वटा तेलकुवा टाबास्को र एउटा भेराक्रुजमा रहनेछन् ।

यसै वर्ष सन् २०१९ को अन्त्यसम्ममा तेल उत्खनन् शुरु हुने अपेक्षा गरिएको पेमेक्सले जनाएको छ । आगामी वर्ष सन् २०२० को शुरुआतमा यी तेल खानी पूर्ण रुपमा सञ्चालनमा आउनेछन् ।

नयाँ निर्माण गरिने तेलकुवा सेवा करारमा निजी क्षेत्रलाई दिइने छ । सरकारको उक्त कदमबाट पूर्वाधार निर्माण र ड्रिलिङका कार्यमा निजी क्षेत्रको क्षमता विकास गर्न पनि मद्दत पुग्नेछ, रोमेरोले बताउनुभयो । नयाँ तेल खानी सञ्चालनबाट मुलुकमा तेलको उत्पादनमा राम्रो प्रगति हुने कम्पनीले जनाएको छ ।

विगत १४ वर्षमा मेक्सिकोको तेल उत्पादनमा करिब ४६ प्रतिशतले कमी आएको छ । विश्वमै सबैभन्दा बढी तेल उत्पादन गर्ने राष्ट्रहरुको सूचीमा रहेको मेक्सिकोको उत्पादन क्षमता सबैभन्दा कमजोर अवस्थामा पुगेको पनि पेमेक्सले जनाएको छ ।