१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसिया : बाढी र पहिरोमा परी ९० जनाको मृत्यु (अपडेट)



अ+ अ-

जाकार्ता । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयापुरा जिल्लामा गत शनिबार साँझदेखि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब ९० पुगेको छ ।

इन्डोनेसिया पूर्वी प्रान्त पपुवामा जारी यस प्रकोपमा ८९ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७४ जना बेपत्ता रहेका र उद्धार प्रयास जारी रहेको इन्डोनेसियाली प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

जयापुरा जिल्लामा करिब एक हप्तादेखि जारी रहेको यस प्रकोपमा १५९ व्यक्ति घाइते भएका र घाइते मध्ये पनि ८४ व्यक्तिको अवस्था गम्भीर रहेको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताए ।

स्थानीय समयानुसार गत शनिबार साँझ छबाट आएको यस बाढी परी अझै पनि कैयौँ व्यक्ति बेपत्ता रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बाढीबाट प्रभावित भएकामध्ये ६ हजार ८३१ व्यक्तिलाई पाँच ओटा शरणार्थी स्थलमा स्थानान्तरण गरिएको बताइएको छ ।

बाढीले ३ सय ५० भवन, तीन पुल, आठ विद्यालय भवन र आठ ओटा धार्मिक स्थल ध्वस्त हुनुको साथै सडक लगायतका भौतिक संरचनामा पनि क्षति पु¥याएको बताइएको छ ।

घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन् ।