१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्याण्डकी प्रम जेसिंडा आर्डेन भन्छिन् : म आक्रमणकारीको नामै लिन्न



अ+ अ-

काठमाडौँ । न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिंडा आर्डेनले क्राइस्टचर्चको मस्जिद आक्रमणका बन्दुकधारीको नाम कहिल्यै उच्चारण नगर्ने बताएकी छन् ।

मंगलबार संसदको विशेष बैठक मुसलमान समुदायको अभिवादनको शब्द ए सलाम आलेकुमबाट सुरु गरेकी थिइन् । प्रधानमन्त्रीले सांसदहरुलाई आक्रमणकारीले कानूनको अधिकतम प्रयोगको सामना गर्नुपर्ने बताइन् । उनले सम्पूर्ण देशवासीलाई मुसलमान समुदायप्रति समवेदना व्यक्त गर्न आग्रह गरेकी छन् ।

‘उसले आफ्नो आतंकवादी क्रियाकलापबाट धेरै थोक गर्ने प्रयास गर्‍यो, त्यसमा एक हो बदनामी– त्यसैले म उसको नाम उच्चारण गर्ने छैन’ उनले न्युजिल्याण्डको संसदमा दिएको भावुक मन्तव्यको क्रममा भनिन् ।

प्रधानमन्त्री आर्डेनले घोषणा गरिसकेकी छन् कि हतियारसम्बन्धी कानूनमा पुनर्संरचना हुँदैछ र यसको विस्तृत जानकारी केही दिनमा हुनेछ । बन्दुकधारीले क्राइस्टचर्च आक्रमणको फेसबुकमार्फत लाइभ गरेको केहीबेरपछि उनले सामाजिक सञ्जालमार्फत आतंकवादविरुद्ध संघर्ष गर्न अपिल गरेकी छन् ।

गत शुक्रबार न्युजिल्याण्डको दुई मस्जिदमा भएको आक्रमणमा ५० जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । २८ वर्षका ब्रेन्टन टारेन्टमाथि आक्रमणको आरोप लागेको छ ।