८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दीपकराजको काम : रवि लामिछानेको नाम, धुर्मुस–सुन्तली फाउन्डेसन बदनाम !

दीपकराजको काम : रवि लामिछानेको नाम, धुर्मुस–सुन्तली फाउन्डेसन बदनाम !
अ अ+ अ-

कलाकार तथा फिल्म निर्देशक दीपकराज गिरीले केहि दिन अगाडि दर्शकहरूको चाहना बमोजिम छक्का पन्जा २ फिल्म हलमा लगाउन लाएको बताएका थिए । उनले मार्च १५ मा सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै सो कुरा बताएका थिए ।

उनले स्टाटसमा लेखेका थिए– दर्शकहरूको चाहना बमोजिम छक्का पन्जा २ नेपालमा बैशाख १३ गते पुन स् प्रदर्शन हुदैछ । बिदेशमा रहनु हुने दर्शकका लागि सोहि महिना हेर्ने ब्यबस्था मिलाइदैछ ……जय नेपाली चलचित्र

तर उक्त स्टाट्स लगतै फेसबुकमा पैसन कमाउने मेलो लगाएत नकारात्मक कमेन्ट आउन थालेपछि उनले न्युज–२४ का सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता अर्थात पत्रकार रवि लामिछानेको नाम जोडेर आलोचनाबाट बच्ने कोशिस गरिरहेका छन् ।

उनले उक्त आलोचनाबाट बच्नको लागि केहि साना ठूला अनलाइन मिडियाहरुको प्रयोग गरेर आफ्नो चलचित्र कमाउनको लागि नभई रवि लामिछानेले बनाउन लागेको अस्पातलको लागि भन्दै समाचार प्रकाशन गर्न लगाए ।

गिरीले बुधबार (आज) फेसबुकमा नै स्टाट्स लेखे र भने छक्का पन्जा २ पुन प्रदर्शन बैशाख १३ गते यसबाट उठेको रक़म को ठूलो हिस्सा रवि लामिछानेले निर्माण गर्दै गरेको अस्पताललाइ जानेछ । फिल्ममा नयॉ दृश्यहरू पनि हेर्न पाउनु हुनेछ । हेप्पि होली तर पहिलार्नै लगाई सकेको फिल्म किन लगाउन लाग्नु भो भनेर आजपनि उनको फेसबुकवालमा कमेन्ट्को बर्षा हुनथालेपछि उनि कड्किएका छन् ।

राज घिसिङले फेसबुकमा कमेन्ट् गरे- यो कुरा रियल हो भने अस्ति नै किन क्लियर पार्नु भएन ? जब कि अहिले बिरोध हुँदा चाहि रवि दाइको नाम लिनुहुन्छ ? भनेर कमेन्ट गरे ।

उनको कमेन्टमा गिरीले लेखे बिरोध किन ? मैले मेरो चलचित्र ५ पटक दोहोर्याएर देखाउन सक्छु नि होइन ? तर यसअधि यहि कुराको प्रश्नमा उनले लेखे थिए यो देश हल्ला गरेर पैसा जम्मा गर्नेको मात्रै होइन् । आफ्नो पैसाले समाज सेवा जसले गर्छ उसको पनि हो ।

यसपछि उनि थप आलोचित भएका छन् । उनले यो कुरा धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकामा बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ तर्फ इगित गरेको त होइन भन्ने प्रश्न उठाएका छन् ।