१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यान गुमाएका ८ नेपाली कामदारको परिवारलाई क्षतिपूर्ति दिने घोषणा



अ+ अ-

काठमाडौँ । ओमानमा ज्यान गुमाएका ८ नेपाली कामदारको परिवारले क्षतिपूर्ति पाउने भएका छन् । इलामकी फूलमाया तामाङको परिवारले ब्लडमनी वापत ६५ सय ओमानी रियल अर्थात साढे १८ लाख रुपैयाँ पाएका छन् ।

अरुको बाँकी तलब, जीवन विमा लगायतको रकम पाएको नेपाली दूताबासले जनाएको छ । पाल्पाका बद्रीप्रसाद ढुंगानाको परिवारले बाँकी तलब र सेवा अन्त्य गर्दाको लाभ गरी १४ सय ९५ ओमानी रियल पाएका छन् ।

सुनसरीका शुक्रराज मगरको परिवारले वेलफेयर फण्डबाट २ हजार ७, धनकुटाकी गंगाकुमारी राईको परिवारले वर्कम्यान कम्पनसेसन बराबरी ५ हजार र मकवानपुरका इन्द्रबहादुर स्यातानको परिवारले तलब लगायतबाट २ हजार ८४ ओमानी रियाल पाउने भएका छन् ।

रुपन्देहीका बिमल गुरुङको परिवारले जीवन बीमाबाट ५ हजार, तनुहँकका बिष्णुबाबु तिवारीको परिवारले उपदानबापत ७ हजार १०७ र सुनसरीका शुक्रराज मगरको परिवारले वर्कम्यान कम्पनसेसन इन्स्युरेन्सबाट ५ हजार ओमानी रियल पाउने भएका छन् ।

नेपाली दूताबासका अनुसार यो रकम नेपालस्थित परराष्ट्र मन्त्रालयमा पठाएको छ । पीडित परिवारले परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्नुपर्नेछ ।