८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मोदीलाई ठूलो आपत, २३ नेताले हाने झापड

मोदीलाई ठूलो आपत, २३ नेताले हाने झापड
अ अ+ अ-

भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) दुई दिनमा मात्रै अरुणाञ्चल प्रदेशका दुई मन्त्री र ६ विधायकसमेत २३ नेताले बीजेपी परित्याग गरी नेसनल पिपल्स पार्टी (एनपीपी) मा आबद्ध भएका छन् ।

अरुणाञ्चल प्रदेशका गृह मन्त्री कुमार वाई, पर्यटन मन्त्री जरकार गामलिन, बीजेपी महासचिव जरपुम गामबिन समेतका विधायकले बीजेपी परित्याग गरेका हुन् । अब अरुणाञ्चल प्रदेशको विधानसभामा एनपीपीका विधायकको संख्या १३ पुगेको छ ।

६० सदस्यीय विधानसभामा अहिले पनि बीजेपीसँग ४० विधायकको समर्थन प्राप्त छ । गएको आइतबार मात्रै बीजेपीले अरुणाञ्चल प्रदेशको विधानसभा चुनावका लागि ५४ सिटमा उम्मेदवारको नाम घोषणा गरेको थियो । अरुणाञ्चल प्रदेशमा अप्रिल ११मा लोकसभाका दुई सिटसँगै विधानसभाको पनि चुनाव हुँदैछ ।

प्रादेशिक राजधानी इटाननगरमा पत्रकारसँग कुरा गर्दै एनपीपीका महासचिव थमस संगमाले अब एनपीपीले ४० सिटमा प्रतिस्पर्धा गर्ने बताएका छन् । उनले उठेका सबै सिटमा जित हात पार्दै आफूहरुले सरकार बनाउने पनि दाबी गरेका छन् ।
मणिपुर र मेघालयमा बीजेपी नेतृत्वकै सरकारमा भए पनि त्यहाँ पनि एनपीपी आउँदो लोकसभा चुनावमा बीजेपीको गठबन्धनमा सहभागी छैन । गएको मंगलबार मात्रै त्रिपुरामा बीजेपी उपाध्यक्ष सुबल भौमिकसमेत तीन नेता कांग्रेसमा सहभागी भएका थिए ।

भौमिकले बीजेपीमा आन्तरिक लोकतन्त्र नभएको भन्दै कांग्रेसमा पुनः फर्किएको बताएका थिए । उनी सन् १९७० को दशकदेखि नै कांग्रेसमा थिए । उनी सन् २००८ मा कांग्रेसबाट सांसद पनि बने ।सन् २०१३ मा राज्य विधानसभामा कांग्रेसको हारपश्चात उनले प्रगतिशील ग्रामीण कांग्रेस गठन गर्नका लागि भारतीय कांग्रेस छोडे । तर २०१४ मा उनी बीजेपीमा प्रवेश गरेका थिए ।