१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ फेरी बढ्यो



अ+ अ-

काठमाडौँ । सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको छ ।

बिहीबार सुनको भाउ तोलाको ६० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा एक सय रुपैयाँ घटेर ५९ हजार ७ सय मा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महंगो भएको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

उनका अनुसार सुनको भाउ आज प्रति औंस १३ सय १९ डलर छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४० रुपैयाँ तोकिएको छ ।