१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले रोक्यो १४० वटा ट्याङ्कर, फलफूल र तरकारी बोकेका ट्रकलाई समेत छाडिएन



अ+ अ-

बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै फलफूल, तरकारी र पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । भारतबाट नेपाल आउँदै गरेका १४० वटा ट्याङ्करलाई हालसम्म नाका मै रोकिएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीका अनुसार भारतीय पक्षले चलाउने अनलाइन सरभरमा समस्या आएको कारण ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका सयौ भन्दा बढी ट्रकदुई दिनदेखि भारतमै रोकिएको छ ।

उनका अनुसार नेपाल आयल निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण छ । ट्याङ्कर भित्र्याउन वैकल्पिक उपायका बारेमा छलफल भइरहेको बताइएको छ ।

‘१० लाख रुपैयाँभन्दा बढी इनभ्वाइसको सामानलाई भन्सार क्लियर गराउन भन्सारका डेपुटी कमिसनरको अनुमति लिनुपर्ने बाध्यता भारतीय कर्मचारीले देखाएका छन्’ केसीले भने ।

कमिसनरको कार्यालय लखनउमा भएका कारण अनुमति लिन समस्या भइरहेको र कागजी प्रक्रियाबाट ट्याङ्कर छोड्नकै लागि पनि समय लाग्ने भारतीय भन्सारका कर्मचारीले बताएको केसीले बताए ।