१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मु-काश्मिरमा तीन जना प्रहरीको हत्या



अ+ अ-

उधमपुर । भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको हत्या भएको छ । आफ्नै साथीले गोली चलाएर तीन जनाको हत्या गरिएको हो ।

भारतीय संचार माध्यमका अनुसार एक फौजले अन्धाधुन्द गोली चलाएका थिए । उक्त गोली लागेर साथीको मृत्यु भएपछि गोली चलाउने जवानले पनि आफैंले आफूमाथि गोली चलाए । अहिले उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

सिआरपिएफका कमान्डर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य कारण पहिल्याउने प्रयास भइरहेको जानकारी दिए।