१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई ब्ल्याकमेलिङ गर्ने कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाउ : डा. केसी



अ+ अ-

काठमाडौँ । डा. गोविन्द केसीले विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग गरेका छन् । केसीले अनावश्यक रुपमा कलेजहरुले विद्यार्थीलाई ब्ल्याकमेलिङ गर्ने भएका कारण मुद्दा लगाउनुपर्ने बताए ।

बिहीबार विज्ञप्ति जारी गरी उनले मेडिकल कलेजहरुले दिनदहाडै ठगी गरेर कानुनी राज्यको उपहास गरको आरोप लगाए । सरकारले कारवाही गर्नुको सट्टमा मेडिकल माफियाहरुकै रक्षा गर्ने जिम्मा सरकारले लिएको बताए । ।

‘यो ब्रम्हलुट बन्द गर्नका लागि पहिले न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेर बर्खास्तीको सिफारिश गरेका त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउँछौं’ उनले भनेका छन् ।

केसीले काठमाडौँ विश्वविद्यालयका पदाधिकारीलाई तत्काल बर्खास्त गरी त्रिवि र केयूमा योग्य र इमान्दार व्यक्ति नियुक्त गर्न माग गरेका छन् । केयूले सरकारले तोकेकोभन्दा बढी शुल्क निर्धारित गर्दै मेडिकल कलेजको ठगीलाई वैधता दिएको उनले आरोप लगाए ।