१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी यू–२३ च्याम्पियनसिप : नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौँ । एएफसी यू–२३ च्याम्पियनसिप फुटबल छनोट अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल कतारको स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि दोहा स्पोर्टस् सिटीको एस्पायर–चार मैदानमा सुरु हुनेछ ।

सन् २०२० को जनवरी आठदेखि २६ सम्म थाइल्यान्डमा हुने प्रतियोगिताका लागि नेपालले पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

समूह ‘ए’ मा आयोजक कतारसँगै नेपाल, ओमान र अफगानिस्तान रहेका छन् । ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टिम तथा आयोजक थाइल्यान्डले एएफसी यू–२३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।