१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ : नेपालले भारतलाई हराए प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा



अ+ अ-

काठमाडौँ । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजक नेपालले जिते प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा गरिएको छ । प्रदेश १ सरकारले आज हुन लागेको फाइनल खेलमा छिमेकी राष्ट्र भारतलाई यदि पर।ाजित गरेमा तोकिएकै रकम दिने घोषण गरेको छ ।

साफ महिला च्याम्पियनसीपमा सुरुका तीन संस्करण (२०१०, २०१२, २०१४), सागमा दुईपल्ट (२०१०, २०१६) र हिरो गोल्डकप (२०१९) को फाइनलमा नेपाल चुकेको थियो ।

उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । बिराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको हो । यदि नेपाल उपविजेता भएमा प्रत्येक खेलाडीलाई नगद एक लाख दिने प्रदेश सरकारले बताएको छ ।