१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ : नेपाल र भारतबीचको फाइनल खेल हेर्न गएका दर्शकले टिकट काट्न पाएनन्



अ+ अ-

विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेलको टिकट दर बढाएपछि समर्थकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका छन् ।

खेल हेर्न विराटनगरेको मैदानसम्म पुगेको खेलप्रेमीले टिकट काट्न जाँदा साविकको दरभन्दा बढि भनेर भनेपछि दर्शकहरूले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन् । उनिहरुले विना सूचना टिकट दर बढाइएको भन्दै आक्रोश पोखेका छन् ।

सुरुमा भीआईपी तर्फ तीन सय र साधारणतर्फ दुई सय रुपैयाँ टिकट दर तोकिएको थियो । त्यसको जानकारी दिन राति माइकिङसमेत गरिएको थियो ।


तर शुक्रबार बिहान टिकट काट्न जाँदा बढाएर शुल्क ५ सय रुपैयाँ तोकिएको भन्दै समर्थकले विरोधमा नाराबाजी गरेका हुन् ।

११ बजेदेखि खुल्ला गर्ने भनिएको टिकट काउन्टर अहिले बन्द छ ।

विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजे उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।