१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकता प्रक्रिया आकस्मिकरुपमा टुंगिन्छ : प्रम ओली



अ+ अ-

भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् । उनले चुनावी गठबन्धन र पार्टी एकता घोषणाजस्ता कार्य नेकपाले आकस्मिकरुपमा टुंगिएको भन्दै एकता प्रक्रियापनि चाढैं टुंगिने बताए ।

रुपन्देहीको भैरहवा विमानस्थलमा शुक्रबार पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले ‘स्थानीय तहको एकता पनि आकिस्मकरुपमा नै टुंगिने बताए ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी पनि उनले दिए । प्रधानमन्त्री ओलीले निर्माणाधीन विमानस्थलको निरीक्षण गर्दै काम छिटो सक्न निर्देशनसमेत दिएका छन् ।