१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैदेशिक रोजगार विभागका नायव सुब्बा घुस सहित रंगेहात पक्राउ



अ+ अ-

काठमाडौँ । बैदेशिक रोजगार विभाग, काठमाडौँका नायव सुब्बा रामकुमार फुयाँललाई घुस सहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले फुयाँललाई सेवाग्राहीसँग रू ६०,००० घुसबापतको रकम सहित पक्राउ गरेको हो ।

फुयाँलले जोरपाटी चोकमा फलफूल पसल गर्ने धुर्व खड्कालाई राख्न दिई केही समय पश्चात खड्कासँग उक्त घुस बापतको रकम लिदै गर्दाको अवस्थामा फुयाँल र खड्कालाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

फुयाँलविरुद्ध बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निज विरूद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाई डरधम्की देखाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी आयोगमा परेको थियो ।