१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भ्रष्टाचार गर्यो : नेता सिंह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास निर्माण कार्यमा सरकारले नै भ्रष्टाचार गर्ने गरेको आरोप लगाएका छन् । उनले सरकारले नै भ्रष्टाचार गर्न थालेपछि जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो परेको बताए ।

शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा सिंहले मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै गरेको बताए । उनले मेलम्ची आयोजनाबाट मन्त्रीले र सचिवले कमिसन मागेको आरोप लगाए ।

‘केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै छ । सिंहले भने मन्त्रीले, सचिवले कमिसन माग्दा रहेछन् ।’

सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले पनि विकासको काम गर्न नसकेको उनको भनाइ छ ।

उनले अब नेपाली कांग्रेसको आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिए । विगतका गल्ती कमजोरीहरु सुधार्दै अगाडि बढ्नुपर्ने उनको जोड छ ।