१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकको खाल्टाखुल्टी कहिले टालिन्छ ?, धुवाँधुलोको अन्त्य कहिले हुन्छ ?



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसदले राजधानी र देशका अन्य स्थानमा समेत देखिएको सडकको खाल्टाखुल्टी र धुवाँधुलोको समस्या समाधान गर्न माग गर्न माग गरेका छन् । लामो समयसम्म पनि सडक मर्मत नहुादा सडकमा हिड्ने यात्रुले समस्या भोग्नु परेको भन्दै तत्काल समाधान गर्न माग गरेका छन् ।

सांसद धनकुमारी खतिवडाले काठमाडौँमा धुवाँधुलोको अन्त्य कहिले हुन्छ भनी सरकारसँग प्रश्न गरेकी छिन् ।

सांसद प्रकाश पन्थले पोखरास्थित पृथ्वी राजमार्ग जीर्ण भएका कारण सडक दुर्घटना झन्झन् बढ्दै गएको हुँदा जतिसक्दो चाँडो समस्या समाधान गर्न आग्रह गरे ।

सांसद मुक्तकुमारी यादवले धनुष र सिरहा जिल्लामा रहेका पुल जीर्ण भएकाले पुनःनिर्माण र निर्माणका लागि पहल गर्नुपर्ने माग गरे ।