१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ फाइनल : पहिलो हाफ १–१ को बराबरी, दोस्रो हाफामा अग्रता लिने दाउमा नेपाली



अ+ अ-

विराटनगर । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको पहिलो हाफ १–१ को बराबरीमा समाप्त भएको छ ।

भारतले २४ औं मिनेटमा जालीमा छिपरले फ्रिकिकमार्फत् अग्रता लिएपनि नेपालले ३३ औं मिनेटमा फर्काएको हो ।

३३ औं मिनेटमा हेड गोल गर्दै नेपालकी सावित्रा भण्डारीले १–१ को बराबरी बनाएकी हुन् ।