१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

५५ हजार पाकेटमारी भाग्ने ट्राफिक प्रहरीको फन्दामा



अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीले पाकेटमारी भाग्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर बताउने १९ वर्षीय सुमन नेपाली प्रकाउ परो छन् ।

रत्नपार्कबाट थानकोट जाँदै गरेको सार्वजनिक बसमा सवार चन्द्रागिरी–११ का ५८ वर्षीय बद्री श्रेष्ठको गोजीबाट ५५ हजार ४ सय रुपैयाँ चोरी भएको थियो । ट्राफिक प्रहरी जवान महेन्द्र शर्माले घटनापछि भाग्दै गरेको अवस्थामा नेपालीलाई नियन्त्रणमा लिएको कलंकी ट्राफिकका प्रहरी निरीक्षक केशवराज भट्टले बताए ।

उनको अनुसार नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग, कलंकीमा बुझाइएको छ ।