१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : चेन्नईको सहज जित, बैंगलोर सात विकेटले पराजित



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको उद्घाटन खेलमा चेन्नई ले रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गरेको हो ।

एमए चिदामबरम क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले खराव खेल प्रर्दशन गरेको थियो । उसले दिएको ७१ रनको लक्ष्य चेन्नईले १७।४ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।

चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन बनाए । सुरेश रैनाले १९ र केदार जादवले अविजित १३ र रबिन्द्र जडेजाले अविजित ६ रन बनाए । बलिङमा बैंगलोरका युजभेन्द्र चाहल, मोहमद सिराज र मोइन अलीले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले १७.१ ओभरमा सबै विकेट गुमाएर ७० रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले २९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । मोइन अली र एबी डी भिलियर्सले समान ९–९ रन बनाए । कप्तान विराट कोहली ६ रनमा आउट भए । बैंगलोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले तीन–तीन विकेट लिए ।