१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्र गुट हुनु स्वाभाविक हो, तर काङ्ग्रेसभित्र गुट बनाउने गिरोह छ : नेता कोइराला



अ+ अ-

चितवन । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक रुपमा लिनुपर्नेमा जोड दिएका छन् । हाल काङ्गे्रसमा गुटमात्रै नभई गुट बनाउने गिरोह भएका कारण पार्टीले यो हालत भोग्नु परेको बताएका छन् ।

नेपाली काङ्ग्रेस चितवनले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउने बताए । उनले भने “गिरोह बनाएर पार्टी सञ्चालन गरे चाहीँ त्यो खतरनाक हुन्छ ।”

गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए ।

नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताए ।