१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालीमा भएको सामुहिक हत्याको राष्ट्रसंघ प्रमुखद्वारा भत्र्सना



अ+ अ-

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा शनिबार बिहान मालीमा भएको १३४ जनाको सामुहिक हत्याको भत्र्सना गरेका छन् ।

अगोसागा पेउल गाँउलाई बन्दूकधारी ठूलो समूहले घेरा हाली गरेको आक्रमणमा कम्तिमा ५५ जना घाइते भएका थिए । घाइतेमध्ये कैयौँको अवस्था गम्भीर रहेको बताइएको छ ।

“राष्ट्रसंघ महासचिब मालीको बन्दूकधारी समूहले गरेको आक्रमणबाट महिला तथा बालबालिकासहित कम्तिमा १३४ जनाको हत्या गरिएको घटनाको घोर भत्र्सनागरेका हुन् ,” राष्ट्रसंघ प्रमुख गुटेर्रेसका सह–प्रवक्ता फारहन हकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बन्दूकधारीले मध्य मालीको मोप्ती क्षेत्रमा रहेको ओगासागुमा रहेका आदिवासी फुलानी समुदायमाथि जग्गा तथा सिँचाइका लागि भएको विवादमा आक्रमण हुने गरेको छ ।